फाल्गुन्न सडक निर्माण ढिलासुस्ती भएको भन्दै सुहाङले सरकारको ध्यानाकर्षण गराए

  आवाज सम्वाददाता

इलाम । नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले दमक-चिसापानी (फाल्गुन्न) सडक निर्माणमा भइरहेको ढिलासुस्तीको विषयमा सरकारको ध्यान आकर्षण गराएका छन् ।

गत सालनै कालोपत्रे हुनुपर्ने फाल्गुन्न मार्ग निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न हुन नसक्दा दुर्घटना भएको सांसद नेम्बाङले बताए ।

 इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ५ रतुवा खोलामा जेठ २१ गते भएको बोलेरे जीप दुर्घटना भएको थियो । दुर्घटनामा  २ जनाको मृत्यु भएको छ । दुर्घटनामा माङसेबुङ–५ को शर्मिला वानेम र माङसेबुङ ३ को निहाङ लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा माङसेबुङ–३ की निरु लिम्बु घाइते भएकी छिन् ।

 बुधबार संसदमा शून्य समयमा बोल्दै सांसद नेम्बाङले दुर्घटनामा मृत्यु हुनेहरु प्रति श्रध्दाञ्जली अर्पण गर्दैं घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । उनले मृतकको परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारको माग समेत गरेका छन् ।

‘रतुवा खोलामा पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले समयमै पुल निर्माण नगर्नुको परिणाम हो यो । यो सडक खण्डको जिम्मा पाएको निर्माण कम्पनीको ढिला सुस्तीको कारण दुर्घटना भएको छ हो ।’ उनले भने,  ‘चिसापानीदेखि झापाको दमकसम्म जोड्ने ३३ कलिोमटिर (दमक–चसिापानी (फाल्गुनन्द मार्ग) सडक एक वर्षअघिनै कालोपत्रे भइसक्नुपर्ने हो । तर, निर्माण कम्पनीले ढिलाई गर्दा काम भएको छैन । म सम्मानीय सभामुखज्यू मार्फत सम्बन्धित सबैका ध्यानाकर्षण गराउँदछु । क्षर्तिपूर्ति र घाइतेको उपचारको माग गर्दछु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार