सुबास नेम्वाङको त्यो अन्तिम भाषण

  आवाज सम्वाददाता

नेकपा एमाले यसकारण पहिचानबादी पार्टी हो युबा संघ कोशीको प्रथम महाधिबेशन उदघाटनशत्रका सभापति महोदय, मञ्चमा आशिन कमरेड भानुभक्त ढकाल, कमरेड शेरधन राई, कमरेड महेश बस्नेत,कमरेड यज्ञ सुनुवार लगायत सम्पूर्ण युबा संघका मित्रहरु, आदरणीय र प्रिय कमरेडहरु, प्रिय मित्रहरु पत्रकार साथीहरु, यहाँ उपस्थित सबै दिदी बहिनी दाजुभाई राष्ट्रसेबक साथीहरु । म सबभन्दा पहिले त यो भब्य कार्यक्रमको आयोजना गरेर आफना कुराहरु राख्ने, भलाकुसारीका केहि क्षणहरु यहाँहरु सँग ब्यतित गर्ने जुन अवसर जुटाइदिनुभयो त्यसका लागि म यहाँहरुलाई धन्यबाद दिन दिन चाहन्छु । अगाडी धेरै कमरेडहरुले बिस्तारमा आफना कुरा हरु राख ेर गईसक्नुभएको छ । साथीहरुले सबै कुराहरु आफैले खर्याक खुरुक राख्दै अरु बाँकी कुराहरु चाँही प्रमुख अतिथिले भन्नुहुन्छ भनेर मेरा लागि ठाँउ पनि छुट्याउनुभएको छ । त्यसैले उहाँहरुलाई धन्यवाद दिदै मेरो काम सजिलो भएको छ भन्ने लागेको छ । म यहाँहरुको धेरै समय लिन चाहन्न । आजै छ बजे मैले काठमाडौ पुग्नु छ । संसदको गतिबिधि यहाँहरुले सुनिरहनुभएको छ त्यसैले आजै मैले काठमाडौ पुग्नु छ । यसलाई ध्यानमा राखेर म केहि समसामयिक सान्दर्भिक कुराहरु यहाँहरुको अगाडी राख्न चाहन्छु । आयोजक साथीहरुले यो क्षेत्रका साथीहरुले साँच्चिकै भब्यताका साथ यो कार्यक्रमको आयोजना गर्नुभयो । अहिले अलिकति अगाडी सम्म पनि युवासँघका भब्य जुलुसहरु आइरहेका हामीले देखेका छौ ।त्यसैले यहाँहरुलाई फेरी पनि एक पटक बधाई धन्यवाद र शुभकामना । कलाकार भाईबैनीहरुलाई मीठो प्रस्तुतीका लागि धेरै धेरै धन्यावद । आजै पुग्नुथिएन भने अझै मजाले अरु धेरै प्रस्तुतीहरु हेर्न मन थियो । मन लाग्ने प्रस्तुतीका लागि म कलाकार भाईबैनीहरुलाई धन्यबाद दिन चाहन्छु । बास्तबमा अहिले त हामी उदघाटनको औपचारिकतामा छौ । हाम्रा थुप्रै काम बाँकी छन । बन्दशत्र जुन मुख्य यो सम्मेलनको यो अधिबेशनको मुख्य भाग हो त्यो बाँकी छ । यहाँहरुले नेतृत्व चयन गर्न बाँकी छ । अहिले सम्मका आफ्ना कामकारवाहीहरुलाई समीक्षा गर्दै कमिकमजोरीहरुलाई सच्चयाउदै हामी यसरी अघि बढछौ भन्ने प्रतिबद्धताका साथ नयाँ नेतृत्ब चयन गर्ने महत्वपूर्ण काम बाँकी छ ।त्यसैले म यहाँहरुलाई बधाई र शुभकामना दिदै केहि कुराहरु मात्रै राख्छु । धेरै समय लिन चाहन्न ।

बास्तबमा आज मलाई सम्झना हुन्छ जब म २९,३० सालतिर अब साइन्स पढने होइन अब इन्जिनियर बन्ने होइन भनेर त्रिचन्द्र कलेजबाट आइएसी पाँस गरेर इन्जिनियर नपढिकन अब वकिल पढनुपर्यो भनेर बिए पढनु म आफनो घर इलाम आँए । मलाई झल्झली सम्झना छ २९,३० सालतिर इलाम बहुमुखी क्यामपसमा भर्ना भएर त्यो २९,३० सालमा स्बतन्त्र बिद्यार्थी युनियनको सभापति अखिलको सभापतिको रुपमा मैले लँढे र जीँते मलाई अहिले पनि झल्झली सम्झना छ । त्यति बेला गरेको एउटा काम मलाई अहिले पनि सम्झना छ । अब हामीले यो परिपरिका जिल्लाहरुमा जानुपर्छ है भनेर मेरो नेतृत्वमा बिद्यार्थीहरुको टोली इलाम बाट हिड्यो ।झापा हुदै धरान हुँदै धनकुटा हुदै तेहथुम हुँदै फिदिन हुँदै इलाम पुगेको मलाई सम्झना छ । दुःखत घटनाहरु पनि भए ।पछि थाहा भयो हामी बाटोमा आँउदा हाम्रो झापाका आदरणीय शहीदहरुलाई कु्ररतापूर्बक हत्या गर्ने काम त्यहि दिन भएको रहेछ, हामीलाई प्रहरीले दुईघण्टा जति त्यो शहादत भएको स्थलमा रोकेको मलाई झल्झली सम्झना छ ।पछि मात्रै थाहा पायौ हामीले के भएको रहेछ भनेर ।त्यहि बेला धरानको प्रसंग चाँही मैले यसकारणले तपाईहरुको अगाडी राख्न खोजेको हो धरान भनेपछि हाम्लाई एकप्रकारको फूर्ती आउथ्यो, तातो लाग्थ्यो, जोस आउथ्यो । त्यसैले हामीले यो हाम्रो कार्यक्रममा धरान पुग्नै पर्छ ठानेका थियौ र हामी धरान बसेको मलाई हिजो अस्ति जस्तो लाग्छ २९,३० सालमा म स्वबियु सभापतिको नेतृत्बमा आएको टोली धरान बसेका थियौ । धरान बाट धनकुटा हुँदै सबै हामी हिडेको मलाई सम्झना छ । धरानमा त्यतिबेलाका साथीभाई सँग हामी भेटघाट गरेको छलफल गरेको मलाई हिजोअस्ति जस्तो लाग्छ । धरान प्रतिको त्यो थियो हाम्रो बिश्वास ।यो बिचको अवधिमा हामी अगाडी बढ्यौ कि पछाडी झर्यौ त्यो अहिले बेला छैन, यहाँहरुले छलफल गर्ने कुरा हो तपाईहामी सबैले छलफल गर्ने कुरा हो र एउटा निष्कर्षमा पुग्ने कुरा हो तर मलाई बिश्वास छ यसपटकको यो युवा संघको यो प्रदेशको अधिबेशन यहाँहरुले भब्यतापूर्बक यहाँ आयोजना गर्नुभयो, यहाँ जुन ढंगले यहाँहरु जम्मा हुनुभयो, जुन ढंगले भब्यता पूर्बक उदघाटन समारोह लगभग भब्यता पूर्वक सम्पन्न गर्दै यो ठाँउ सम्म आईपुग्नुभएको छ मलाई लाग्छ धरान फेरी आफ्नो त्यो पूरानै स्थिति प्राप्त गर्ने दिसा तर्फ बढेको छ भन्ने मलाई बिश्वास छ । त्यसैले म यहाँहरुलाई निरन्तर अगाडी बढ्नुस यहाँहरुलाई बधाई छ धन्यबाद छ शुभकामना छ भन्ने कुरा पनि म धराने कमरेडहरुलाई यहि बाट म जोडन चाहन्छु । म यसबारेमा अरु धेरै भन्दिन । आज हामीले यो अधिबेशन यो सम्मेलनको उदघाटन समारोह बाट हामी अघि बढिरहेका छौ र युबासंघलाई अघि कुरा आइसकेको छ मैले धेरै जोडनु छैन भब्यतापूर्बक अघि बढने सन्दर्भमा कोशी प्रदेशको यो युवा संघलाई दरिलो आधारमा उभ्याउनका लागि भनेर भनेर हामी एउटा आधार तयार गर्ने कुरामा हामी अगाडी बढिरहेका छौ त्यसको लागि तपाईहरुलाई म बधाई शुभकामना दिन चाहन्छु । बास्तबमा अहिले देशमा थुप्रै सन्दर्भहरु थुप्रै कुराहरु उठेका छन । म ति सबैकुराहरुमा जाँन चाहन्न ।केहि समसामयिक सन्दर्भलाई मात्रै जोडदै यहाँहरुलाई म बधाई धन्यबाद शुभकामना दिनका लागि तपाईहरुको अगाडी म उभिएको छु । म हतार गर्दै छु आजै काठमाडौ पुग्नु छ किन भने हाम्रो संसदको अधिबेशन सिध्धेको छैन ।संसद अधिबेशन चलिरहेको छ । चलिरहेको छ भन्नुपर्यो बास्तबमा संसद अधिबेशनले के गरिरहेको छ ? संसदको अधिबेशन चलाउने कुरामा सरकार मुख्य जिम्मेवारी हुन्छ । अहिलेको गठबन्धन सरकारले संसद कसरी चलाईरहेको छ ? तपाईहरुले फेरी प्रश्न थप्नुहोला सरकार कसरी चलाईरहेको छ ? देश कसरी चलाईरहेको छ ? धेरै यसतर्फ म जान चाहन्न । बास्तबमा स्थिति साह्ै राम्रो छैन । धेरै समय लिदिन, म तर संसदमा पुग्नु छ । संसदका काम कारबाहीहरुलाई एउटा टुङ्गोमा पुर्याउने कुरामा प्रमुख प्रतिपक्षको जिम्मेवारीको निर्वाह गर्नका लागि हामीले संसदमा पुग्नु छ ।

हामी नपुग्दा सत्तापक्षका साथीहरुले एउटा चाँही निश्चित भन्छन हेर्नुनी यि प्रमुख प्रतिपक्षका साथीहरुले काम गर्नै दिएनन,प्रतिपक्षले फिटिक्कै सहयोगनै गरेनन,म यसतर्फ धेरै खण्डन मण्डनमा मलाई धेरै बिश्वास लाग्दैन । त्यसैले म आफनो आफनो स्वभाव अनुसार धेरै खण्डन मण्डन गर्दिन तर एकदुइ वटा तथ्य मात्र तपाईहरु सँग राख्न चाहन्छु ।तपाई हामीले यति कुरा चाँही हेक्कामा राख्नुपर्छ मंसीर ४ गते हैन निर्वाचन सम्पन्न भएको ? मंसिर ४ गते निर्वाचन सम्पन्न भईसकेपछि हाम्रो संसदले संसदका समितिहरुले सभापति कहिले प्राप्त गरे ? तपाई हामी लाग्दा लाग्दा भर्खर ४,५ दिन अगाडी हाम्रा संसदका समितिहरुले सभापति प्राप्त गरे । संसदको समितिको सभापति मात्रै पनि सम्म पनि भर्खर तीन चार दिन अगाडी प्राप्त गर्यो भनेपछि संसदले कसरी काम गर्यो त्यो तपाईहामी अगाडी तपाईको अगाडी मैले धेरै बेली बिस्तार लगाईरहनुपर्छ जस्तो मलाई लाग्दैन ।मंसीर ४ गते देखि अहिले सम्मको मितिमा संसदले कतिवटा बिधेयक पास गरयो ? मैले धेरै समय लिनै पर्दैन संसदको सबैभन्दा ठूलो काम भनेको बिधेयक बनाउने हो । बिधेयक कस्ले दिन्छ सरकारले दिन्छ । संसदलाई बिजनेस दिने काम भनेको सरकारको हो ।सरकारका मन्त्री उपस्थित भएनन भने त्यो बैठक एक मिनेट पनि बस्दैन । अनि त्यो संसदको लागि बिजनेस सरकारले दिन्छ,बिधेयक सरकारले दिन्छ ।सांसदले बनाएर पेश गर्न सक्छन नि,कोही कोही साथीहरुले भन्नुहोला म लामो समय लिन चाहन्न यति मात्र भन्न चाहन्छु यो देशको संसदको इतिहाँसमा जम्मा तीन वटा बिधेयक मात्र नीजि बिधेयक प्रस्तुत भएर पास भए । एउटा शौभाग्ले मेरै बिधेयक, कानुनी सहायता बिधेयक । त्यसैले निजी बिधेयकले संसद चल्दैन । सरकारको बिजनेस चाहिन्छ । मंसीर ४ गते देखि अहिले सम्म यो सरकारले संसदलाई बिजनेस दिन सकेन । अरु धेरै भन्नै पर्दैन,अरु धेरै तर्क नै गर्नु पर्दैन मंसीर ४ गतेदेखि अहिले सम्म कति वटा बिधेयक पास भयो भनेर सोध्नुस दुई वटा तीनटा बल्लैले औला भाँच्न सकिन्छ । त्यो दुइवटा तीनवटामा बजेट समेत त्यसैमा पर्छ । बजेट बिनियोजन बिधेयक ,बिनियोजन बिधेयकले बजेटलाई बोक्छ ।त्यो बिधेयक नै हो तर बजेटलाई हामी धेरै बिधेयकका रुपमा गन्ती गर्दैनौ र पनि अहिले मैले गने । यो देखि बाहेक संसदमा सरकारले बिधेयकहरु दिन सकेको छैन । यहाँहरुले सुन्नुभएको होला नेकपा एमालेले सुन तस्करीलाई लिएर ठूलो संघर्ष गरयो । प्रतिपक्षहरुले संघर्ष गरे । परिणामस्वरुप झण्डै एक महिना संसद चलेन ।सरकारले के भन्यो त भन्दा संसदनै चलेन,म यसलाई धेरै ब्याख्या गर्न पटि जान्न तर संसद खुलेको आयोग बनाउने निर्णय भएको दिनको त्यो बैठकको कार्यशुची पल्टाएर हेर्नुस एउटा पनि बिधेयक त्यो दिन छैन ।त्यसपछाडी ६,७ दिन पछाडी संसदको अर्को बैठक बस्यो त्यहाँ पनि बिधेयक छैन । यो बिचमा एउटा केहि नेपाल संसोधन बिधेयक जस्मा ८१ वटा बिधेयक समाहित छ । ८१ वटा बिधेयक एउटै बिधेयकमा छ यो देखि बाहेक अहिले सम्म सरकारले एउटा पनि बिधेयक दिन सकेको छैन । यति भएपछि मलाई लाग्छ तपाईहरुलाई हाम्रा युवा संघका साथीहरुलाई प्रयाप्त भयो हामीले धेरै भन्नै पर्दैन यो सरकार यस्को यति सम्मको क्षमता छ मंसीर ४ देखि अहिले सम्ममा समितिको सभापति बनाउन सक्दैन,भर्खर ३,४दिन अगाडी बन्यो । संसदलाई बिजनेस दिन सक्दैन । बिधेयक दुईटा तीनटा पास भएको छ । अहिले सम्म सरकारले बिधेयक बनाउन सकेको छैन । त्यसैले अहिले यो देश कसरी चलिरहेको छ ? सरकार कसरी चलिरहेको छ ? संसद कसरी चलिरहेको छ ? म यहाँहरुलाई धेरै ब्याख्या गर्नुपर्छ जस्तो मलाई लाग्दैन । एउटा पक्ष त यहाँहरुलाई थाहा छ स्वँय हामी कोशी प्रदेशमा उभिएका छौ । कोशी प्रदेशको केन्द्रमै उभिएका छौ । यो बिचमा सरकारका काम कारबाहीहरु गतिबिधिहरु यहाँहरुलाई छर्लङडै छ । हामीले भन्यौ, यो गलत हो ।संबिधान बिपरित छ । संसदीय मूल्य र मान्यताको बिपरित छ ।

विश्वमा कहीँ पनि संसदका सभामुखले सरकार बनाउने काम गर्द ैन । संसदका सभामुख भनेका रेफ्री हुन । भन्नुस त फुटवलको रेफ्रीले आफैं गोल हान्यो भने के हुन्छ ? कोशी प्रदेशमा त्यो गर्नुभयो साथीहरुले । हामीले भन्यौं यो गलत भयो । हामीले भनेको मान्नुभएन । जब सर्बोच्च अदालतमा मुद्दा पर्यो, सर्बोच्च अदालतले हामीले भनेको सही स्थापित गरिदियो । तर पनि टेर्नु भएन, तर पनि मान्नु भएन । दोश्रो पटक त अध्यक्षता गरिरहेका साथीले मत सच्याउनका लागि तीन मिनेटको घण्टि बजाउनुभयो र त्यो तीनमिनेटको बिचमा गएर आफैले मतदान गर्नुभयो । मत सच्याउने भनेको अगाडी गल्ती गरेर तीन मिनेट को समयमा त्यो गल्तीलाई सच्याउने समय हो । कुनै बिबाद रहित कुरा हो यो । हामीले भन्यौ यो गलत हुन्छ,संबिधान बिपरित हुन्छ,बाबा ! यस्तो राजनीति तपाई हामी कोही पनि नगरौं ।अब कोल्ले गरयो भन्नुहोला म नाम साहै्बिर्षन्छु,त्यसैले मैले बिर्षिए झल्झली अनुहाँर चाँही याद आँउछ तपाईहरुलाई थाहा छ तपाईहरुलाई नै छोडे यति भन्छु । यो ढंगले यो देश साथीहरुले चलाई रहनुभएको छ । अव यसको के छ त दवाई ? सोध्नुहोला यसको एउटै दवाई छ तपाई जस्ता युवा मित्रहरु अगाडी सर्नुपर्यो । यसको एउटै दवाई छ यसलाई सच्चयाउनु पर्यो । यसैले म भन्छु बिनम्रता पूर्वक तर दृढता पूर्वक यि कुराहरु यस्तो गल्ति कमजोरीहरुलाई सच्याउनका लागि अगाडी सर्नुपर्छ । त्यसैले तपाई हामीले ढुक्कसँग भन्नुपर्यो, यो ठाउँमा कमजोरी भयो, यसलाई हामी यसरी सच्याउँछौं ।तपाई युवाहरुले भन्नुभयो भने जनताले विश्वास गर्छन । म यो तपाईहरुको महत्वपूर्ण महाधिबेशनको मुखमा तपाईहरुलाई आग्रह गर्न चाहन्छु, तपाईहरु जनताको बीचमा जानोस्र भन्नोस– हामी राम्रा राम्रा पक्षहरुलाई अगाडि बढाउँछौं । हाम्रा कमीकमजोरीहरुलाई हामी सच्याउँदै अगाडि बढ्छौं । हामी देशलाई एउटा निष्कर्षमा पुर्याउँछौं । अघि हाम्रा कमरेडहरुले भनेको जस्तो आर्थिक सम्वृद्धि तर्फ देशलाई जैलानका लागि हाम्रा अध्यक्ष कमरेड प्रधानमन्त्री हुदाँ सम्बृद्ध नेपाल शुखी नेपालीको नारा दिएर हामी अगाडी बढेका थियौ नि,त्यसलाई व्यवहारमा उतार्नका लागि हामी युवाहरु अगाडि बढ्छौं । तपाईहरुले भन्नुभो भने जनताले पत्याउँछन्।तपाईहरुलाई त्यसो गर्न म आग्रह गर्छु । आदरणीय मित्रहरु, बास्तबमा हाम्रो नेतृत्व पहल र प्रयासमा हामीले संबिधान बनायौं । संबिधान जारी गर्यौ । अव संविधान दिवस ढोकामा आइपुगेको छ । यो अवसरमा यति कुरा म कोटयाउन चाहन्छु हामीले राम्रो संबिधान बनायौ । तपाईहरुको आशिर्वादले, तपाईहरुको शुभकामनाले, माँयाले दुबै पटक संबिधानसभाको अध्यक्षता गर्ने,३१राजनीतिक दलहरुले सर्वसम्मतिले मलाई संविधानसभाको अध्यक्ष बनाए । हाम्रो नेतृत्व, पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक समाजवादउन्मुख संविधान हामीले बनायौं र जारी गर्यौं । हामीले ढुक्क सँग,बिनम्रता सँग,कुनै अहम नराखीकन जनताको बिचमा यो कुराभन्न सक्नुपर्छ जनताले जनताको लागि बनाएको संबिधान त्यो संबिधान पहिलो पटक नेपालको इतिहाँसमा बिश्वकै सन्र्दभमा हामीले समावेशी संविधान बनायौ,समाबेशी संबिधानसभा बाट शुन्यबाट माथि उठदै सहभागिता मूलक ढंगले जनताले जनताका लागि हामीले संबिधान बनायौं । यो संबिधान नेपालको संबिधान हाम्रो नेतृत्वमा पहल र प्रयासमा जनताले बनाएको संबिधान हो । तराई मधेश देखि हिमाल सम्मका जाती भाषा धर्म र सँस्कृतिका जनतालाई देखाएर भन्नुहोस यो लिम्वूले बनाएको संबिधान हो,यो राईले बनाएको संबिधान हो, यो ब्राम्हणले बनाएको संबिधान हो, यो क्षेत्रीले बनाएको संबिधान हो,यो दलितले बनाएको,महिलाले बनाएको तराई मधेश र हिमाल सम्मका सबै जाती भाषा,धर्म र सस्कृतिका जनताले बनाएको संबिधान हो । संघीय लोतान्त्रिक गणतन्त्र,धर्मनिरपेक्षता समाबेशिता फेरी म दोहोर्याउछु पहिलो पटक नेपालको इतिहाँसमा समाबेशी संबिधान बन्यो अनि संबिधान समाबेशी बनाउने पार्टीलाइ,संबिधान समाबेशी बनाउने पहिलो पटक नेपालको इतिहाँसमा त्यो पार्टीलाई तँ समाबेशी भइनस भनेर कोही मित्रले भन्छ भने तपाई हामीले कसरी लिनुपर्छ होला ? ढुक्कै भएर अगाडी बढनुस कमरेडहरु,युवा मित्रहरु यो देशको इतिहाँसमामा मात्र होइन बिश्वकै इतिहाँसमा यत्तिको समाबेशी संबिधान बनेको छैन । ब्यबहारमा कार्यावन्यन गर्ने सन्दर्भमा सम्बन्धित कानुन निर्माण गर्ने सन्भर्दमा त्यसलाई ब्यबहारमा उतार्ने सन्दर्भमा कहिँ कतै कमिकमजोरी भएका होलान,ती कमिकमजोरीहरु हामी सच्याँउछौ,अघि बढछौ भनेर अगाडी बढदा समाबेशी संबिधान बनाउने पार्टीलाई,त्यसका नेतालाई यो चाहिँ समावेशी भएन भनेर कसैले चुनौती दिँदैमा हामीले निधार खुम्च्याउनुपर्ने हो र ? हामीले त हाँसेर ढुक्क भएर भन्नुपर्छ हामीले यति काम गरेका छौं, लौ भन । मत भन्ने गर्छु न भूतो, न भविश्यति ।पहिचानको दुनियाँमा समावेशिताको सन्दर्भमा, पहिचानको सन्दर्भमा यो देशमा हामीले जति काम गरेका छौं, त्यति अरु कसैले पनि गर्नुभएको छैन । कसैलाई मैले हेपेको हैन । हामीले मौका पायौं, हामीले गरेर देखायौं । भन्नोस्, धर्म निरपेक्षता कसले घोषणा ग¥यो ? धर्म निरपेक्षता हामीले घोषणा गर्यौं । जेठ ४ गतेको घोषणामा धर्मनिरपेक्षता घोषणा भयो, यहाँहरुको आशिर्वाद र शुभकामनाले त्यो पुनस्र्थापित प्रतिनिधिसभाको मै सभामुख थिएँ । निर्विवाद, सर्वसम्मतिले म सभामुख थिएँ । त्यहाँबाट घोषणा भयो । कोही कोही साथीभाइहरुले सुवासले खुसुक्कै धर्म निरपेक्षता छिराइदियो पनि भने । म त्यतातिर जान चाहन्नँ ।त्यस्ता केही साथीहरु हिजो अस्ति चुनावमा पनि पुगेका थिए । यो पटक त दक्षिणपट्टिबाट सम्म केही साथीहरु आउनुभयो रे यो धर्मनिरपेक्ष भनेर घोषणा गर्ने सुवासलाई हराउनुपर्छ भनेर । मलाई थाहा छैन । म अलिक बिर्सने मान्छे । को साथीहरु हुन्? के हुन्? कसो हुन्? कुनै दिन तपाईहरुसँग समय लिएर अलि व्यापक रुपमा भनौंला यसबारेमा ।म कहिल्यै रिस नउठ्ने मान्छे, त्यसैले रिसाइनँ । तर, अलिअलि भित्र रिस उठ्यो होला, मैले जम्मै कुरा सुनाएर के भनें त भन्दा यी साथीहरु, जसले ममाथि यस्तो आरोप लगाइरहेका छन्, म त कम्युनिष्ट परें, एमालेको इमान्दार कार्यकर्ता, मलाई त स्वर्ग– नर्कमा विश्वास छैन । तर, यी साथीहरु त विश्वास गर्छन्होला । नर्क छ भने यी साथीहरुचाहिँ सोझै नर्क जान्छन् भन्दिएँ मैले । त्यत्ति रिसाएको त भएन नि हैन ? मैले छोटकरीमा भन्न खोजेको कुरा– यति काम गर्ने नेकपा एमालेमाथि यो प्रश्न उठ्न सक्छ ? हामीले गरेका हौं धर्म निरपेक्षता । समावेशीता हामीले बनाएका हौं । अनि यो ठाउँमा शीर ठाडो पारेर छाती फुकाएर विनम्रतापूर्वक म आग्रह गर्न चाहन्छु– किरातहरुका महागुरु फाल्गुनन्दलाई यो देशको राष्ट्रिय विभूति मेरो पहलमा, हाम्रो पार्टीको पहलमा, हाम्रो पार्टीको नेतृत्वमा हामीले घोषणा गरेका हौं । अब फाल्गुनन्द किरातीहरुको मात्र रहेनन्, उनी सिंगो देशको, सबै जाति भाषा धर्म संस्कृतिका जनताको महागुरु भए । यति काम गर्ने पार्टीलाई भन्नुस त, पहिचान बिरोधी भन्न मिल्छ ? ठीक छ, हिँड्ने क्रममा कहीँ कतै अलिकति कमजोरी भयो कि भन्नु, छलफल गर्नु एउटा कुरा हो, तर पहिचानविरोधी भन्ने, अनि कोको साथीहरुले ढुंगा हान्ने, म त कस्ले हाने त्यो पनि बिर्सिसकें मैले । ढुंगा चाहिँ हानेका हुन्है । किनभने, बुधबारेमा ढुंगा खाँदाखेरि म पनि सँगै थिएँ अध्यक्ष कमरेडसँग । पाँच-सातदिन पछाडि एउटा भाइले फोन गरे मलाई– दाइ तपाई पनि हुँनुहुँदोरहेछ, तपाईलाई चाहिँ हिर्काएको हैन है ढुंगा रे । मलाई यो तरिका फेरी खुबै मन प¥यो क्या । मन परेको कुरा मन प¥यो भन्छु । सँगै गाडीमा हिँडेको छ अध्यक्षसँग । गटङटङ असिनाजस्तो ढुंगा बर्सिएको छ । त्यो चाहिँ केपी ओलीमाथि मात्रै हो, तँलाई चैं हैन है भनेपछि हेर्नोस्त ! भन्नेले भनिगए । म पनि सोझो, मैले पत्याएँ नि त । म धेरै यसमा समय लिन्न ।एकजना हाम्रा ताप्लेजुङतिरको लिम्बु डीएसपी, बल्ल बल्ल डीएसपी भएका थिए बिचरा । त्यो ढुंगाले धेरै होइन, १७ टाँका । टाउकोमा १७ टाँका लाग्यो । अर्को एकजना हवल्दार विचरा राजवंशी परेछन्, उनको यो च्यापु नै भत्कियो । प्लेट लगाएर उनलाई उपचार गर्न राखिराखेको थियो । म भेट्न गएको थिएँ । र यतिमात्रै मेरो मुखबाट फुत्त निस्कियो– हैन यो पहिचानको ढुंगा त खतरनाक हुँदोरहेछ ! मलाई विश्वास छैन, यो पहिचानको ढुंगा हो भनेर । तर, यो पहिचानको ढुंगा त खतरनाक हुँदोरहेछ । ठ्याक्कै ताप्लेजुङको लिम्बु डीएसपीलाई लाग्ने । झापाको राजबंशी हवल्दारलाई लाग्ने ! कस्तो खालको ढुंगा हो यो ? यति सुनाएर अब म धेरै समय लिन्न । यो कसैका लागि पनि हितमा छैन । म आग्रह गर्न चाहन्छु साथीभाइहरुलाई– यो ढुंगा हान्ने कुरा गलत हो । लोकतन्त्र बिपरितका यस्ता, मूल्य मान्यता विपरीतका यस्ता काम कारवाहीहरु जहाँबाट भएको हो, त्यसलाई रोकौं । लोकतान्त्रिक विधि प्रक्रियाका वमोजिमका काम कारवाहीहरु गर्नुहोस् । कुनै कुरामा मेरो बारेमा चित्त बुझेन, विरोध गर्नोस्। हाम्रो पार्टीको बारेमा चित्त बुझेन, विरोध गर्नोस्। तर लोकतन्त्रको मूल्य र मान्यतालाई तपाई हामीले बलियो बनाउँदै लिएर जानुपर्छ । यो नै देश र जनताको हितमा छ । म अरु धेरै समय लिन्नँ । अन्तिमतिर म आउँदै छु । मैले भने तपाईं–हामी सबैले भन्छौं, यो देश हेर्नोस्त, हाम्रो छिमेकी भारत दास बन्यो ।

हामी पटक पटक चर्चा गर्छौ, तर नेपाल, हामी कहिल्यै पनि दासतामा परेनौं । स्वतन्त्र रह्यौं । र अहिले भर्खरै हामीले ८ वर्ष अगाडि संविधान बनायौं । जनताले जनताका लागि । राष्ट्रिय झन्डा पास गर्यौं । कुनै बेलामा यसका बारेमा तपाईहरुसँग बसेर छुट्टै छलफल गरौंला ।चन्द्रमा र सूर्यअंकित झन्डा । त्यतिबेला छलफल चलेको मलाई सम्झना छ, यो तीनकुने झन्डा भएन यसलाई फेर्नुपर्छ । यो चन्द्रमा र सूर्य भएन । चन्द्रबंशी र सूर्यबंशी कुनै राजाको यसमा त पसीना गन्हाउँछ ! संविधानसभामा छलफल चलेको थियो । कसले उठायो भन्नुहोला, म साह्रै बिर्सने । धुमधाम छलफल चलेको थियो, कसले उठायो, उठायो ।तर, धुमधाम छलफल भइसके पछाडि हामीले प्रस्ताब राख्यौ,मैले नै प्रस्ताव राखें– जबसम्म आकाशमा चन्द्रमा र सूर्य रहन्छ– तबसम्म नेपालको अस्तित्वलाई कसैले केही गर्न सक्दैन । यो भनेर यसलाई पास गरौं न । नेपालको राष्ट्रिय झन्डा पास भयो । अहिले हामी राष्ट्रिय झन्डा बोकेर हिँडिरहेका छौं ।नेपालको नामै परिवर्तन गरौं भन्ने पनि छलफल चल्यो । कुनै दिन यसका बारेमा तपाईहरुसँग बसेर सल्लाह गरौंला । छलफल गरौंला । मैले यति भनेर यहाँहरु सँग राख्न खोजेको कुरा के हो त भन्दा हाम्रा छिमेकका त्यत्रा ठूला देश दास बन्न पुगे तर नेपाल कहिल्यै, कसैको दास बनेन । सदा सर्वदा स्वतन्त्र रह्यो । किन थाहाँ छ ? यसको एउटै कारण हो, तराई मधेसदेखि हिमालसम्मका सबै जाति, भाषा, धर्म संस्कृतिका जनता एक ठाउँमा, एकजुट भएर उभिएका छन् । त्यसैले नेपालले कसैको पनि दास बन्नुपरेन ।तर, त्यसको विरुद्धमा कता–कता कहिलेकाहीँ षड्यन्त्र भइरहेको छ कि भन्ने देखिन्छ । यसको दबाई के ? यसको दबाई पनि हाम्रा युवाहरु हुनुहुन्छ । तपाईले यो कुरालाई लिएर जनताको वीचमा पुग्नुपर्छ । जनतालाई एकजुट बनाउनुपर्छ । तराई मधेसदेखि हिमालसम्मका विविध जाति, विविध भाषा भएकाहरु, विविध धर्म भएकाहरु, विविध संस्कृति भएकाहरु अघि हेर्नुस त कति राम्रो कति मीठो डान्स,मीठो नृत्य,अरु पनि नृत्य सायद तयार होला,मैले हेर्न पाउने छाँट छैन,यस्ता नृत्यहरु,बिबिध सस्कृतिहरु यी सबैलाई एक ठाउँमा उभ्याएर देशलाई एकजुट बनाउने हो भने कसैको पनि षड्यन्त्र सफल हुँदैन । यसका लागि युबा संघको काँधमा जिम्मेवारी छ । यति कुरा म राखेर प्रमुख अतिथि हुनुहुन्छ भनेर मलाई समय छोडिदिने साथीहरुले धेरै कुरा भनिसक्नुभएको हुनाले साँच्चिनै अव धेरै कुराहरु यहाँहरुको बिचमा राख्दिन । तपाईहरु अगाडी बढनोस,नेकपा एमाले सबै प्रकारका चुनौतीहरुलाई पराजीत गर्दै उभिएको छ । बेला बेलामा कमिकमजोरीहरु हामीबाट भएका होलान त्यस्ता कमिकमजोरीहरुलाई सच्याँउदै,मैले ठटटामा भनेको थिँए कहिले काँही सबै एक ठाँउमा उभिएका छन हामीलाई एक्लै बनाउन खोजेका छन तर त्यस्तो बेलामा पनि हामीले एक ठिक्का बनाएर अघि बढन खोज्दा नेकपा एमाले फेरी पनि बिजयी बनेर अगाडी देखा परेको छ । अलि अलि खुटटा धर्मराएको,कहिले काँही हिडदा आफनै खुटटामा अल्झिएर हुन्छ नि, मैले भन्ने गरेको छु यस्ता कुराहरुलाई पनि सच्याएर अगाडी बढदा हामीलाई कसैले पनि हाम्रो यात्रालाई अबरुद्ध गर्न सक्दैन भन्ने बिश्वास ब्यक्त गर्दै तपाईहरु जुन ढँगले यहाँ उठेको मैले पाँए जुन ढंगले यहाँहरु अगाडी बढनुभएको छ त्यसबाट म आश्वस्त र बिश्वस्त भएको छु अब तपाई हामी अगाडी बढ्यौ,यहाँहरुले पार्टीलाई अगाडी बढाउने हुनुभयो यति बिश्वास ब्यक्त गर्दै यहाँहरुलाई म बधाई दिन्छु,यहाँहरुलाई म धन्यबाद दिन्छु यहाँहरुलाई शुभकामना दिन्छु र यहाँहरुका यस्ता प्रत्येक काम कारबाहीमा तपाईहरुलाई साथ सर्मथन र सहयोग छ भनेर उभिन पाँउ यति आग्रहका साथ म तपाईहरु बाट बिदा चाहन्छु । हबस्त त धन्यबाद । नमस्कार ।

लीलाराज भट्टराई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार