पुशपतिनगर नाकामा भारत लैजादैं गरिएका बालबालिका भेरिफाइका लागि नियन्त्रणमा

  आवाज सम्वाददाता

इलाम। भारतीय सीमावर्ती पशुपतिनगरमा नेपालबाट भारत  लैजाँदैगरिएका १३ बालकलाई प्रहरीले ‘भेरिफाई’का लागि नियन्त्रणमा लिएको छ ।

१२/१४ वर्षका देखिने बालकहरूले भारतमा बौद्ध धर्म अध्ययनका लागि जान लागेको बताएपनि उनीहरूलाई अभिभावकसँग सोधेरमात्र जान दिइने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्प्रयालयका अनुसार अभिभावक सम्पर्क आएपछि बुझेर सबैलाई पठाइने जनाएकाे छ । नियन्त्रणमै नलिए पनि अभिभावकसँग भेरिफाई गरेरमात्र जान दिने गरेर राेकिएकाे रअभिभावकहरू आएपछि बुझेर उनीहरूलाई जान दिइने प्रहरीले जनाएको छ । नियन्त्रणमा रहेका बालकहरू विभिन्न जिल्लाका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार