दानाबारी।दक्षिणी इलामको सुखानीमा हत्या गरिएका पाँच शहिदको संझनामा इलामको माई नगरपालिकामा प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ ।
राष्ट्रिय युवा संघ माई नगर कमिटीको आयोजनामा युवाहरुको वौद्धिक तथा शारिरिक विकासका लागि शहिदको संझनामा माई–४ को शुक्रबारे खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिएको छ । बिभिन्न जात जातीका झाँकी सहित इलामका प्रदेश सांसद काजीमान कागतेले खेल सञ्चालन गरी उद्धघाटन गरिएको पहिलो पुरुष फुटवल प्रतियोगितामा माई–५ लाई २ का बिरुद्ध ४ गोल गर्दै माई–७ बिजयी भएको हो । निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी गरेपछी ट्राईबेकरमा माई–७ बिजयी भएको थियो । खेलको म्यान अफ द म्याच ७ नम्बर वडाका गोल रक्षक निरज तामाङ्ग भएका छन् ।
त्यस्तै शुक्रबारनै भएको महिला फुटवल प्रतियोगितामा माई–९ ले बिजय शुरुवात गरेको छ । माई–२ लाई ० का बिरुद्ध १ गोल गर्दै माई–९ ले विजयी यात्रा शुरुवात गरेको हो । बिजयी टिमका लागि जर्सी नम्बर ६ की बिनिता राईले गोल गरेकी थिइन । उनी खेलको म्यान अफ दी म्याच घाेषित भइन् ।
सुखानीमा २०२९ साल फागुण २१ गते पञ्चायती व्यबस्थाले आफु बिरुद्ध गतिबिधि गरेको भन्दै झापाबाट इलाम जेल सार्ने बाहानामा हत्या गरिएका शहिदहरु रामनाथ दहाल, कृष्ण कुईकेल, नेत्र घिमिर, नारायण श्रेष्ठ र बीरेन रानबंंशीले सहादत प्राप्त गरेको थिए । उनै शहिदकाे स्मृतिमा माई नगरपालिका वडा स्तरीय महिला र पुरुष फुटवलको आयोजना गरिएको हाे ।
आमामी फागुन २९ गते सम्म प्रतियोगिता सञ्चालन गरिन लागेको युवा संघका इलाम जिल्ला कार्यालय सदस्य तथा माई नगर संयोजक कुमार लिम्बुले जानकारी दिए ।
शुक्रबार भएको उद्घाटन कार्यक्रममा प्रमुख अथिति साँसद काजीमान कागते, नेकपा केन्द्रिय सदस्य तथा इलाम नगरपालिकाका मेयर महेश बस्नेत, माईका मेयर दिपक कुमार थेबे, उपमेयर बिष्णुमाया आचार्य, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तथा इलाम अध्यक्ष अरुणा बराल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा हास्य कलाकार राजा राजेन्द्र पोख्रेल लगायतका कलाकारहरुले समेत प्रस्तुती गरेको आयोजकका अध्यक्ष कुमार लिम्बुले जानकारी दिए ।
प्रतियोगितामा बिजेता, उपबिजेता टीमलाई पुरस्कार सहित बिभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिने छ । पुरुष फुटवल प्रतियोगिताको बिजेता टीमले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टीमले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।
त्यस्तै महिला बिजेता टीमले नगद २५ हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टीमले नगद १५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने नगर खेलकुद विकास समितिका भिम तामाङले जानकारी दिए ।
यसै बिच ४६ औ सुखानी शहिद स्मृति दिवशका अबसरमा ऐतिहासिक स्थल सुखानीमा शुक्रबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी झापाले शहिद प्रति श्रद्धाञ्जली सभा गर्दै दिबश मनाएको छ । नेकपा प्रदेश कमिटी अध्यक्ष देबराज घिमिरेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा शहिद परिवार सहितको उपस्थिती रहेको थियो । सुखानीका शहिदलाई फुलमाला लगाएर शुरु गरिएको कार्यक्रममा माईका मेयर दिपक कुमार थेबे, झापा जिल्ला अध्यक्ष चिन्तन पाठक, शहिद परिबारका प्रतिनिधी लगायतले शहिदकाे याेगदानकाे चर्चा गरेका थिए ।
यता शहिद दिबशका अवसरमा माई नगरपालिकाले शुक्रबार स्थानीय बिदा समेत दिएको थियो ।