श्रीमतिको हत्या गरी आत्महत्या

  आवाज सम्वाददाता

इलाम। सन्दकपुर गाउँपालिका वडा नम्बर १ भित्तेमा गए राती श्रीमानले श्रीमतिकाे विभत्स हत्या गरी  आत्महत्या गरेका छन् ।

सन्दकपुर गाउँपालिका वडा नम्बर १ भित्तेका ४६ वर्षीय उर्जबहादुर राईले ४० वर्षीया श्रीमति फूलमाया राईकाे गए राती हत्या गरी आत्महत्या गरेका छन् । घटनाको प्रकृति हेर्दा राईले चियाको बाेट कलमी गर्ने खुर्पाले टाउको कुम र शरिरको विभिन्न भागमा प्रहार गरी श्रीमतिको हत्या गरेको देखिएको सन्दकपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रहर राईले बताए । श्रीमतिकाे हत्या गरी घरदेखि अन्दाजी १५ मिटर जति तल बाटाे श्रीमतिकाे शब फ्याकेर घरदेखि डेढ सय मिटर तल रुखमा झुण्डिएको अवस्थामा उर्जबहादुरलाई भेटिएको पनि उनले जानकारी दिए । उर्जबहादुरका बुबा सधै‌ं झैं दूध पुर्याउन डेरी जाने क्रममा बाटोमा बुहारीकाे शव देखे पछि खबर गरेका थिए । मृतकहरुकाे २६ र २० वर्षका दुई छाेराहरु छन् । अहिले घटना स्थलमा प्रहरी पुगेर मुचुल्का गर्ने काम गरिरहेकाे छ । घटना कसरी भयाे भन्ने अनुसन्धान हुन बाँकीनै छ तर श्रीमान श्रीमति दुवै जना मदिरा सेवन गर्ने र सामान्य घर झगडा भने भइरहने गरेको छिमेकीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार