चट्याङ र करेण्टले झापा र माेरङमा तीन जनाको ज्यान गयाे

  आवाज सम्वाददाता

इलाम। मोरङको २ छुट्टा छुट्टै स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । असोज ८ गते दिउँसो साढे १२ बजे रंगेली नगरपालिका-९ का लुखीराम हेमरमको श्रीमती २७ बर्षीय साक्रो हेमरम खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो भने सोही राती १० बजे मिक्लाजुङ गाउँपालिका-३ स्थितमा घर बनाउन गएका मिस्त्री झापा दमक नगरपालिका-४ का ३६ बर्षीय कुमार मोते घर बाहिर उभिएको अवस्थामा चट्याङले लागी घाईते भई उपचारको लागि दमक अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको थियो ।

झापाको दमक नगरपालिका-८ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । हिजो बिहान इलामको महमाई नगरपालिका-४ घर भई दमक-८ स्थितमा डेरा गरी सिटि सफारी चलाउदै आएका २६ बर्षीय कमल बुर्जामगरलाई सिटि सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भई करेण्ट लाग्दा घाईते भएका उनको थप उपचारको लागी B&C अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको थियो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार