इलाममा भेटियो नयाँ प्रजातिको ठुटे खरायो

 

इलाम– इलाम।इलामको सन्दकपुर गाउँपालिकामा नयाँ प्रजातिको वन्यजन्तु ठुटे खरायो (फोरेस्ट पाइका) फेला परेको छ । सन्दकपुर गाउँपालिका–२, आलटारमा मुसाजस्तो देखिने यो वन्यजन्तु फेला परेको हो ।

वाइल्ड लाइफ फोटो ग्राफर देबेन खरेलले गत जेठ ४ गते बिहान साढे ६ बजे यो तस्बिर लिएका हुन् । विश्व पर्यटन दिवस अवसरमा बिहीबार झापाको काँकडभिट्टामा आयोजित फोटो प्रदर्शनीमा खरेलले यसको तस्बिर सार्वजनिक गरेका छन् । यो खरायो नेपालमा अहिलेसम्म नदेखिएको खरेलको दाबी छ ।

‘नेपालमा कालोमुखे, हिमाली, लामा, लामकाने, नुब्री, मुसे र तिब्बती खरायो पाइन्थे,’ उनले भने, ‘अब यो प्रजातिमा ठुटे खरायो थपिएको छ, जसको तस्बिर अहिलेसम्म कतै देखिएको छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार