इलाम पाँचथर र धनकुटामा बाढी र पहिरोले पुरिएर ६ जनाको मृत्यु ८ जना बेपत्ता

  आवाज सम्वाददाता

पाँचथर।पाँचथरको दुई स्थानमा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन । अरिवल बर्षातको कारण असोज १२ गते बिहान पाँचथरको फिदिम नगरपालिका-१ साँगेबोट स्थितमा रहेको राज कुमार नेम्वाङको घर पहिरोले बगाउँदा उक्त घरमा डेरा लिई बस्दै आएका फुरुङ्गा हाईड्रो पावरका कर्मचारी फिदिम नगरपालिका-१ का ५० बर्षीय गोपी बिश्वकर्मालाई पहिरोले किच्दा घटना स्थलमा नै मृत्यु भएको थियो भने हाईड्रोपावरकै कर्मचारी फिदिम-१ का ५१ बर्षीय कृष्ण दास र उनको श्रीमती ४२ बर्षीय कमला दाश, फिदिम-१ का ५५ बर्षीय धन कुमार तुम्वापो र फिदिम-१ की २१ बर्षीय सरस्वता तुम्वापो पहिरोमा परी बेपत्ता भएका छन । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक सहितको टोली खटि बेपत्ताहरुको खोजतलास भईरहेको छ ।

यसै गरी फिदिम नगरपालिका-४ चिसापानी स्थितमा फुर्लु शेर्पाको घरमा पाहुना आएकी फिदिम-१२ की २४ बर्षीया सपना शेर्पा र उनको ६ बर्षीया छोरी डोल्मा शेर्पा आदिवासी जनजाति महासंघको टिनको छानो भएको सामुदायिक भवनमा सुतिरहेको अवस्थामा माथीबाट झरेको पहिरोले किचेर दुबै जनाको मृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको हो । उक्त स्थानमा समेत जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक सहितको टोली खटि उद्धार कार्य भईरहेको छ ।

पहिरोमा परी २ जनाको मृत्यु २ जना घाईते ।

धनकुटाको पाख्रीबास नगरपालिका-५ गुरासे देवीथान स्थितमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । असोज १२ गते बिहान अरिवल बर्षातको कारण पाख्रीबास-५ का सन्तोष तामाङको घरमा माथीबाट पहिरो झर्दा किचिएर उनको ३२ बर्षीया श्रीमती आशा तामाङ र सासुआमा ५० बर्षीया राम कुमारी तामाङको घटना स्थलमा नै मृत्यु भएको छ । घटनाको जानकारी प्राप्तहुना साथ तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक श्याम सिंह चौधरी सहितको टोली खटि उद्धारको क्रममा पुरिएको मृत अवस्थमा दुई जनाको शव फेला पारेको हो भने घाईते अवस्थामा सोही घरमा रहेकी छिमेकी  २४ बर्षीया मिन माया तामाङलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको छ ।

यसै गरी छथरजोरपाटी गाउँपालिका-२ का चन्द्र बहादुर बाजिम्पाक मगरको घरमा माथीबाट पहीरो झरी घर पुरिंदा उनको २० बर्षीया छोरी सृजना बाजिम्पाक मगर घाईते भएकोमा प्रहरी चौकी जोरपाटीबजारबाट उद्धारमा खटिएको प्रहरी टोलीले उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाएको छ ।

खोलाले बगाउँदा १ जनाको मृत्यु ४ जना बेपत्ता

इलामको माई नगरपालिका-८ सेते खोलाले बगाएर १ जना बृद्धको मृत्यु भएको छ भने खोलाले बगाएर झापामा ३ जना र मोरङमा बेपत्ता भएका  छन्  । असोज ११ गते दिउँसो माईनगरपालिका-८ का ६८ बर्षीय मैत बहादुर लिम्बु खोला तर्ने क्रममा खोलाले बगाएको अवस्थामा स्थनिय मानिसहरुले फेला पारी उद्धार गरी उपचारको लागी लैजाने क्रममा उनको बाटोमा नै  मृत्यु भएको थियो ।

सोही दिन झापाको कचनकवल गाउँपालिका-१ स्थित जमुवा खोला तर्ने क्रममा स्थानिय पन्चु राजवंशीको १४ बर्षीया छोरी नेहारिका राजवंशीलाई बगाई बेपत्ता बनाएको छ यसै गरी  कमल गाउँपालिका-१ का ३५ बर्षीय टिकाराम चौधरी कृष्ने खोलामा माछा मार्ने क्रममा खोलामा डुबी बेपत्ता भएका छन भने गौरीगंज गाउँपालिका-२ स्थित सुकुमबासी टोल का ५५ बर्षीय केनालाल राजवंशी  घर नजिकै रहेको कृष्णे खोलामा हाम्फाल्दा बेपत्ता भएका छन । असोज १० गते  मोरङको रतुवामाई नगरपालिका-७ की ७२ बर्षीया डुरो देवी राजबंशी झापाको गौरादहबाट मोरङको सिजुवा आउने क्रममा रातुवा खोला तर्दा खोलाले बगाई बेपत्ता बनाएको छ । प्रहरीद्वारा बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार