रानी शाक्यको स्वरमा ‘देउन साथ’ सार्वजनिक

  आवाज सम्वाददाता


नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनयमा ‘देउन साथ’ सार्वजनिक

काठमाडौं । अमेरिकामा रहेर निरन्तर गायनमा लागिरहेकी गायिका रानी शाक्यको स्वरमा नयाँ गीत ‘देउन साथ’ सार्वजनिक भएको छ । सेमी क्लासिकल गीतमा नारायण वावुको शब्द तथा संगीत छ । सन्दिप कार्कीले गीतमा एरेन्ज गरेका छन ।

सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई रोमान्टिक रुपमा देख्न सकिन्छ । नम्रता केसी को कोरियोग्राफी तथा प्रहिल कार्की निर्देशनमा तयार भएको यो भिडियोमा हरि हुमागाईँको छायांकन, माधव वेलवासेको सम्पादन छ ।गायिका रानी शाक्यले यसअघि दर्जनौ गीतहरु दर्शकमाझ ल्याइसकेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार