अवरुद्ध मेची राजमार्गको माइखाेलामा आज जे देखियो

  आवाज सम्वाददाता

इलाम। पहिलेदेखि भासिँदै गएकाे गाेलाखर्क-माइखाेला सडककाे पुलको दाहिने तर्फ सडक चुडिने गरी पहिराे गएपछि मेची राजमार्ग अवरुद्ध छ । शुक्रबारदेखि इलामको सडक सम्पर्क अन्य जिल्लाहरुसँग प्राय: टुटेको छ ।

सवारीसाधन दु:ख सुख वारपार भइरहेकाथिए । सडक भासिने क्रम बढ्दाे थियो । मर्मतका लागि सडक डिभिजन कार्यालयले सडकको खोला पट्टीट्ठकाे भागमा डाेजर लगाएर खन्न थालेपछि सडक चुँडिने गरी पहिरो गयाे । यसले गर्दा सडक विच्छेद भयो । शुक्रबार सडक टुटेपछिनै सडक सञ्चालन गर्न ग्याबिङ जाली भर्ने काम भइरहेको छ । तर अत्यन्तै

सुस्त गतिमा । आज दिउँसो आवाज प्रतिनििध साे क्षेत्रमा पुग्दा १० जनाले ग्याबिङ भरिरहेका थिए । यति महत्वको सडक खुलाउनका लागि यति थोरै कामदार ? सम्बन्धित निकायले खेलाइची गरेको देखिन्थ्यो । दुई वटा मेशिन एक्साभेटरले काम गरिरहेको थियो । सडक कार्यालयका प्रमुखदेखि प्राविधिक र अन्य कर्मचारीहरुकाे समेत उपिस्थिति देखिन्थ्यो । तर काम भने सुस्त गतिमा मात्र भइरहेकाे देखिन्छ । १० जनाले ग्याबिङ जाली भर्न धेरै समय लाग्ने देखिन्छ ।

सडक क्षति पुगेकाे क्षेत्रमा इलाम क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले पनि अवलोकन गरिरहेका थिए । उनले यसको विकल्पमा जोड दिनुपर्ने कुरामा बताएका थिए ।

सडकको तल्लो भागमा मर्मत भइरहे पनि एक गाेलाई माथिको सडक समेत भासिएर एक मिटर तल धसिएको थियो । सडक चिरा चिरा परेको थियो । सडकको भित्ता समेत भासिएर साना सवारी समेत दु:खले मात्र छिर्ने साँघुरो भएको थियो । यसैले अहिले मर्मत भइरहेको सडक मर्मत भइसक्दा पनि सडक सञ्चालनमा आउन गाह्रो हुने अवलोकन कर्ताहरुको प्रतिक्रिया थियो । यसैले दशैंअघि यो सडक सञ्चालन हुनेमा सन्देश छ ।

नेपाल प्रहरी र शसस्त्र प्रहरीकाे पनि उपिस्थित देखियो तर उनीहरुको उपस्थित सडक मर्मतमा भन्दा पनि सुरक्षा सावधानी र यात्रुहरुलाई जोखिम क्षेत्रमा नजान रोक्ने काममा मात्र खटिएको देखियो । यात्रुहरुकाे सहयोगमा समेत उनीहरुको भूमिका देखिएन । झापा तर्फबाट इलाम र इलाम तर्फबाट झापा झरिरहेका यात्रुहरुले माइखोेला देखि दुई सय मिटरदेखि पुल पारी र पुलपारीबाट सोही ठाउँसम्म यात्रुहरु हिँडेर गाडी चढिरहेका थिए । कोहीले थाप्लोमा भारी बोकेर चिप्लो अप्ठ्यारो बाटाेमा हिँडिरहेका थिए । अप्ठ्यरोबाटाे कतिपय यात्रुहरु लड्दै उठ्दै हिँडिरहेका थिए । एक जना युवा सुटकेश बाेकेर ओरालो झर्ने क्रममा टाउको ढुङ्गामा बजािरएपछि टाउकोमा गहिरो चोट लाग्यो । टाउकोबाट रगत बग्न थालेपछि दुवै हातले चोट लागेको ठाउँमा समाएर प्राथमिक उपचार खोजिरहेका थिए । तर उनले उपचार पाएनन् । यात्रुहरुलाई भारी झोला बोकेको दुई सयदेखि १२ सयसम्म लिएको पाइयो । अप्ठ्यरोमा परेका यात्रुहरुलाई भारी बोकेकाे महङ्गो पारिश्रमिक लिइरहेको भएपनि प्रहरी प्रशासन र स्थानीय सरकार काेहीले पनि समन्वय गरेको देखिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार