इलाम। देउमाई नगरपालिका -९ जितपुर सुङ्गुरे डाँडा बस्ने वर्ष ४९ वर्षीय तुलसी जबेगुको रुख काट्ने क्रममा हाँगाले लागेर आइतबार मृत्यु भएकाे छ । रुख काट्ने क्रममा माथिबाट अचानक रुखको हाँगाले लागेर घाइते भएका जबेगूकाे उपचारको क्रममा मृत्यु भएको हाे । घाइते जबेगूलाई उपचारको लागि झापा तर्फ लगिएको थियो । बीएण्डसी अस्पतालमा उपचारको क्रममा उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।


