इलाम।इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ)को संयुक्त प्यानलबाट अध्यक्षमा विशाल कार्की विजयी भएका छन् ।
अध्यक्षमा अनेरास्ववियुका विशाल कार्कीसहित प्यानलनै विजयी भएको हो । कार्कीले पाँच सय ४५ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका शम्भू राईले तीन सय ४७ मत ल्याएको निर्वाचन समितिको तथ्यांक छ । राई साझा प्यानलका उम्मेदवार हुन् ।
निर्वाचन अधिकृत देवराज घिमिरेका अनुसार सचिवमा नेविसंघकी रेखा बेघा छ सय २१ मत ल्याएर विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी सविन चौहानको दुई सय ५८ मत आएको छ । कोषाध्यक्षमा अनेरास्ववियुका सुनील शंकर विजयी भए । उनले पाँच सय ९२ मत ल्याएका छन् ।
निकटतम् प्रतिद्वन्द्वी मनिष गजमेरले दुई सय ७३ मत ल्याएका छन् । सात सदस्यमा कुशल राई ६०२ मत, निशा भट्टराई ५१३ मत, विप्लव एक्तेन ५२० मत, मंगेश राई ५१७ मत, बिना बस्नेत ४६६ मत र सुरेन्द्र गुरुङ ४८६ मत विजयी भए ।
समानुपातिकतर्फ पनि नौ सय चार मत खसेकामा नेविसंघ पहिलो भएको छ । नेविसंघले तीन सय ३६ मत ल्याएको हो । उसले तीन सिट पाएको छ । अनेरास्ववियु ९एमालेनिकट०ले दुई सय ७५ मतसहित तीन सिट पाएको छ । अखिल क्रान्तिकारीले दुई सय मतसहित दुई सिट पाएको छ भने अनेरास्ववियू नेकपा एसनिकटले ७८ मतसहित एक सिट पाएको छ । १५ मत बदर भएको छ ।
एक हजार पाँच सय ७४ मतदाता रहेकामा नौ सय ४ मत खसेको थियो ।