सवारी चालकलाई वित्तीय साक्षरता

  आवाज सम्वाददाता

इलाम।ग्लोबल मनी विक – २०२५ को अवसरमा प्राइम कमर्सियल बैंक लिमिटेड बिब्ल्याँटे शाखाले स्थानीय जीप तथा ट्याक्सीका चालकहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकले शुक्रबार बिब्ल्याँटे बजारमा आयोजित कार्यक्रममा ३० जनाभन्दा बढी चालक तथा स्थानीय व्यवसायी सहभागी थिए । कार्यक्रममा डेबिट कार्ड, क्रेडिड कार्ड, मोवाईल बैंकिङ्ग, क्युआर कोड लगायत डिजिटल बैंकिङ्गको प्रयोग, डिजिटल बैंकिङ्गको प्रयोगमा अपनाउनु पर्ने सावधानी तथा सुरक्षालगायतका विषयमा जानकारी गराइएको थियो ।
बैंकका शाखा प्रवन्धक हेमन्तराज न्यौपाने लगायत शाखाका कर्मचारीहरुले सहजीकरण गरेका थिए । सन् २०१२ देखि हरेक बर्ष ग्लोवल मनि विक विश्वभर मनाउने गरिएको छ । हरेक बर्ष मार्च १७ देखि मार्च २३ सम्म मनाईने यो कार्यक्रमको १३औं शृङ्खला अन्तर्गत नेपालमा पनि राष्ट्र बैंक लगायत नेपालका बैंक तथा वित्तिय संस्थाहरुले चैत्र ४ गतेदेखि १० गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरेर मनाइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार