निर्वाचन क्षेत्रमा उस्तै सुहाङ क्रेज

  आवाज सम्वाददाता

इलाम।सामाजिक सञ्जाल र चिया, चौतारीको गफ सुन्दा राजनीति र नेताप्रति नागरिकको वितृष्णा चरम भएको जस्तो देखिन्छ । हुन पनि कतिपय नेताप्रति उनकै दलका खास कार्यकर्ताको आकर्षण बाहेक अरु सर्वसाधारणकाे चासाे देखिन्न । तर जब इलाम क्षेत्र नम्बर २ का युवा सांसद सुहाङ नेम्बाङ आफ्नो निर्वाचन क्षेत्र पुग्छन् यि माथिका कुरा फगत हल्ला जस्तो अनुभूत हुन्छ । सुहाङलाई भेट्न र उनीसँग फोटो खिचाउन बालकदेखि वृद्धवृद्धाहरुको उत्साहजक उपस्थितिले लाग्छ, नेता र राजनीतिप्रति सामाजिक सञ्जालमा छरपष्ट भए जसरी निराशा र घृणा छैन बरु आशा, भरोसा र आकर्षण बढ्दो छ ।

सदन र आफू रहेको समितिको बैंठक सकिना साथ जिल्लाको विकासका लागि मन्त्रालय धाउने या मतदाता भेट्न इलाम आउने सांसद सुहाङ यस पटक पनि सदन र समितिको बैंठक सकिनासाथ मतदाता भेट्न जिल्लामा व्यस्त छन् । इलाम आउदा उनी सदरमुकामभन्दा पनि जिल्लाबासीको घरदैलैमा पुगेर भेटघाट गर्न मन पराउँछन् । यही क्रममा उनी जिल्लाका पश्चिमी गाउँहरुमा नागरिकको दुख सुखका कुरा सुन्न र आफ्ना केही कुरा गर्न घरदैलो कार्यक्रममा छन् । अन्य नेताहरुलाई भन्दा सांसद सुहाङलाई भेटघाटमा सहज छ । सुहाङ गाउँ आउने सुनेपछि काम छोडेर भएपनि सुहाङलाई भेट्न आफ्ना समस्या राख्न र आशिर्वाद दिन गाउँबासी भेला हुने गरेका छन् ।

सुहाङले पनि कुनै दूरी नराखी सहज घुममिल भईदिने सुख, दु:खका कुरा सुनिदिन्छन् । यसैले बालकदेखि वृद्धासम्म सांसद सुहाङसँग भेट्न र फोटो खिचाउन लालायित हुने गरेका छन् । यता सांसद सुहाङले पनि विकासको सवालमा ठूला आश्वासनहरु बाड्दैनन् । विगतमा गरेको प्रयास र अब आफूले सकेको प्रयास इमानका साथ गर्ने बाँचा गरिदिन्छन् । २०८० बै‌शाख १५ गते सम्पन्न उपनिर्वाचनमा उनीप्रतिको आकर्षण जस्तो थियो निर्वाचनपछि पनि इलामबासीको उस्तै आकर्षण आशा र भरोसा देखिएको छ ।गाउँमा गाडीमा कुदिरहेको बेला पनि सुहाङसँग गाडी रोकेर फाेटाे खिच्ने र भेटघाट गर्ने गरेका छन् । सदनमा पनि प्रभावकारी उपस्थिति जनाउँदै आएका सुहाङले आफूले पाएको शून्य समयमा पनि इलाम र इलामेहरुको समस्या र विकासका सवालहरु चोटिलो ढंगले उठाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार