यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन सम्बन्धि तालिम

माई।इलामको माई नगरपालिकामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन सम्बन्धि तीनदिने तालिम शनिबार सम्पन्न भएको छ ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकार महिलाको मौलिक हक भन्ने नाराका साथ सामुदायिक अगुवाहरुको लागि तीन दिने तालिम सम्पन्न भएको थियो ।
माई नगरपालिका इलामको आयोजना र आई पास नेपालको सहजीकरण सम्पन्न तालिमको समापनमा प्रमुख अतिथि आई पास नेपालका पपुलर जेन्टलले यौन स्बास्थ्य र प्रजनन स्वास्थ्यका लागि बजेट छुट्याएर नेपालकै नमुना काम गरेको दाबि गरेका छन् । उनले महिलाको स्वास्थ्यमा सहयोग गर्ने माई नगरपालिकालाई धन्यबाद दिए ।

समापन कार्यक्रमको अध्यक्षता गर्दै माईका मेयर दिपक कुमार थेवेले मातृत्व र प्रजनन अधिकार महिलाको मौलिक हक भएको भन्दै सो बारेमा पैरवी गर्न सामुदायिक अगुवाहरुलाई आग्रह गरे । उनले परम्परागत रुपमा महिलालाई फरक तरिकाले हेर्ने परिपाटी रहेकाले अब मौलिक हक प्रातिको बाटोमा सकृय गराउन सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।

लिङ्ग र लैङ्गिकता, सुरक्षित मातृत्व, यौन रोग संक्रमण, बाझोपन रोकथाम, सुरक्षित गर्भ पतन, परबार योजना लगायत प्रजनन स्वास्थ्यका साथै संचार, नेतृत्व र सहजीकरण सीप, सामुदायिक जिम्मेबारी, अधिकार सहितको यौन तथा प्रजनन स्बास्थ्यका बिषयमा सन्चालित तालिमको समापन कार्यक्रम सहभागि मिना चेम्जोङ, बिनिता लावती लगायतले मन्त्ब्य राखेका थिए ।

माई नगरपालिकाका दश वडाका २० जना महिलाकोे सहभाहागिता रहेको कार्यक्रममा आई पासका पारश फुयल, केदार भण्डारी, माई नगरपालिकाका स्वास्थ्य संयोजक पुष्कर कट्टेल, सिनिअर अनमी कमला श्रेष्ठ, मेडिकल अधिकृत रामकृष्ण आचार्य, अहेब जीवन ताजपुरीया लगायतले सहजीकरण गरेको बताँईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार