एमाले कार्यकर्ता हुन पाएकाे भन्दै अनेरास्ववियुले दिप प्रज्वलन गर्याे

इलाम।एमालेको कार्यकर्ता भएभन्दै खुसियालीमा अनेरास्ववियु इलामले हिजाे साँझ सदरमुकाममा दिप प्रज्वलन गर्दै सर्बोच्च अदालतको फैसलाको स्वागत गरेकाे छ ।

आधिकारिक रूपमा नेकपा एमालेको कार्यकर्ता भएको खुसियालीमा इलाम चोक वजारमा अनेरास्ववियु इलाम जिल्ला कमिटीको आयोजनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हाे ।दिप प्रज्वलन कार्यक्रममा नेकपा एमालेका नेता नरेन्द्रनाथ भट्टराई, अनेरास्ववियु केन्द्रीय सदस्य रबिन्द्र सबेदी र अनेरास्ववियु इलामका अध्यक्ष मिलन खत्रीले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेकपा ऐमालेका नेता महेश वस्नेत, तारा गुरूङ, कृष्ण श्रेष्ठ, नवराज शंकर, अनेरास्ववियुका नेता इश्वरी तामाङ , प्रवेश पराजुली, युवा संघका नेता सुमन श्रेष्ठ लगायत सयौंको संख्यामा एमाले कार्यकर्ता उपस्थित भएका थिए । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युताइदिएको थियो । ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको पार्टीलाई दिएको भन्दै सर्वोच्च अदालतमा हालेको मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले सो नाम ऋषि कट्टेललाई नै दिएको छ भने ओली र प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज पनि गरेको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही दर्ता भैसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको विपक्षीमध्येका निर्वाचन आयोगको मिति २०७५ जेठ २३ को निर्णय र निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५ कार्तिक ९ को निर्णय फैसला राजनीतिक दल सम्बन्धि ऐन,२०७३ को दफा ६९ १० ९ ङ० र राजनीतिक दल सम्बन्धि नियमावली, २०७४ को नियम ९मा भएको कानूनी व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ। यो फैसला संगै अनेरास्ववियुले देश व्यापी रूपमा हिजाे आधिकारिक रूपमा नेकपा एमालेको कार्यकर्ता भएको खुसियालीमा दिप प्रज्वलन कार्यक्रम गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार