एसइई परीक्षा जेठ १३ देखि २४ सम्म हुने

माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म चल्ने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले एसईई परीक्षाको मिति तय गरेको हो।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले एसइई परीक्षा जेठ १३ देखि सुरू गर्ने निर्णय भएको सेतोपाटीलाई बताए।

विद्यार्थी भौतिक रूपमा उपस्थित भएर नै परीक्षा हुनेछ। गत वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो।

बोर्डले कक्षा १२ को परीक्षा पनि जेठमा गर्ने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार