माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने

इलाम।माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नयाँ सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यका लागि छलफल गर्ने भएको छ। मंगलबार पेरिसडाँडामा बसेको नयाँ प्रमुख प्रतिपक्ष दलहरु कांग्रेस र जसपासँग वार्ताको प्रक्रिया गर्ने निर्णय गरेको नेता नारयणकाजी श्रेष्ठले जानकारी दिए।

यद्यपि, एमालेसँग पनि छलफल गर्ने उनको भनाई छ।

बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएका माओवादी नेताहरु अनुपस्थित रहेका थिए। माओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा ओली नेतृत्वको सरकारमा छन्। नागरिक न्यूजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार