प्रेस संगठनकाे कार्यसमिति विस्तार

इलाम।प्रेस संगठनको कार्यसमिति विस्तार प्रेस संगठन नेपाल इलामको भेलाले विमल दहालको नेतृत्वमा कार्य समिति विस्तार गरेको छ ।

कमिटीको सह–संयोजकमा सुजता सुनुवार र योगेन्द्र शंकर, सचिव किरण पौड्याल, सह–सचिव वलराम बराइली, कोषाध्यक्षमा भगीरथ भण्डारी, सदस्यहरूमा सुशिल राई, सरोज खतिवडा, सुस्मा राई, वविता मैनाली, अतित योङहाङ, मोहन घिमिरे, गोपाल निरौला रहेका छन् । भेलाले ५१ सदस्य जिल्ला कमिटी गठन गर्ने निर्णय गरेको छ ।

यस्तै भेलाले नेपाल पत्रकार महासंघ इलामको आसन्न निर्वाचनका लागि २२ फागुनमा जिल्लाका सबै संगठनसँग सहकार्य, एकता र वार्ताका माध्यमबाट सबै पदमा सर्वसहमतिबाट नेतृत्व चयन गर्ने सहमतिकाे स्वागत गर्दै सहमतिका लागि पहल गर्ने अग्रज पत्रकारहरु प्रति धन्यवाद दिने निर्णय गरेकाे सचिव किरण पाैड्यालले जानकारी दिए ।

पत्रकार महासंघको आसन्न चुनाबमा संगठनको तर्फबाट महासंघकाे नेतृत्वमा पठाउनका लागि सटेन्द्र जवेगूको संयोजकत्वमा तीन सदस्य छनौट समन्वय समिति गठन गरेको छ ।

जसबीरेमा सम्पन्न भेलामा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भूजेल, इलाम नगरपालिका वडा नं ५ का वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष नारद लम्साल, एमालेका जिल्ला तहका नेता तथा अनेरास्ववियुका नेताहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा युनियनका विप्लव भट्टराई, प्रेस नेपालका राम याेङहाङलगायतकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार