महिला तथा पुरुष प्रथम शहिद सुखानी स्मृर्ति फुटवल प्रतियोगिता माई–३ बिजयी

इलाम। प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा माई–३ का महिला र पुरुष टीम बिजयी बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन ।

पुरुष फुटवल खेलमा माई–३ ले माई–७ लाई टाइबेकरमा ५ का बिरुद्द ६ गोल गर्दै बिजयी भएको हो । निर्धारित समयमा दुबै टिमले १-१ गोल गरेपछि खेल टाइबेकरबाट बिजयी छनौट गरिएको थियो ।

दुबै टिमबाट बराबरी गोल भएपछि ९-९ जना खेलाडीले पेनाल्टी सुट गरेका थिए । अत्यान्तै रोचक खेलको मेन अफ दी म्याच माई-३ का गोल रक्षक मिसन दनुवार भएको युवा संघ नेपाल माईका संयोजक कुमार लिम्बुले जानकारी दिए ।

त्यस्तै मंगलबारनै भएकोे महिला फुटवल प्रतियोगितामा माई–३ ले माई-९ लाई टाइबेकरमा २ का बिरुद्द ३ गोल गर्दै बिजयी भएको छ । खेलको मेन अफ दी म्याच गोल रक्षक सविना लिम्बु भएका छन् । राष्ट्रिय युवा संघ माई नगर कमिटीको आयोजनामा युवाहरुको वौद्धिक तथा शारिरिक विकासका लागि शहिदको संझनामा प्रतियोगिता सञ्चालन गरिएको हो । बुधबार हुने क्बाटर फाईनल खेल अन्तरगत पुरुष फुटवल प्रतियोगितामा माई–१ र ४ बीच हुने छ भने महिला फुटवल प्रतियोगिता माई–८ र १० बिच हुने आयोजकले जनाएको छ । प्रतियोगिताबाट नगर स्तरीय दुई उत्कृष्ठ टिमको छनौट गरिने नगर खेलकुद विकास माईका अध्यक्ष भिम तामाङ्गले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार