विद्यार्थीलाई सचेत बनाउँदै प्रहरी

कार्यक्रमपछि विद्यार्थीहरुसँग सामुहिक तस्बीर खिचाउँदै प्रहरी निरीक्षक नबिन राई

इलाम।किशोर किशोरीमा बढ्दो सामाजिक सञ्जालको लत र लागू औषधको कुलतलाई कम गर्नका लागि जिल्ला प्रहरी कार्यालय इलामले विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा बुधकार इलाम नगरपालिका बरबोटेस्थित अमर माध्यमिक विद्यालयमा लागू औषध र साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नबिन राईले विद्यालयका कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई लागु औषध र साइबर अपराधको विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका हवल्दार विजय राई र विद्यालयका प्रअ सोमनाथ निरौलाले पनि बोलेका थिए ।

लागु औषध र साइबर अपराधको विषयमा सबै पालिकाका विद्यालयहरुमा गएर सहजीकरण गरिने प्रहरी निरीक्षक राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार