झापा।झापा मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट बुधबार दिउँसो ११ बजे लागुऔषध अफिम सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेका छन् ।
प्रतिबन्धित लागुऔषध अफिमको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो कोटेश्वर काठामाण्डौं र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं १०५ बाट उनिहरुलाई प्लाष्टिकको जेब्रा झोला भित्र दुई वटा पोका बनाई लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध अफिम दुई किलो सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाले जनाएको छ ।
पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।