शहिद सुखानी स्मृर्ति फुटवल प्रतियोगिता पहिलो सेमीफाईनल खेलमा माई–९ र ७ बिजयी

 
माई।प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको बिहिबार सम्पन्न पहिलो सेमी फाईनल खेलबाट माई–९ र ७ ले फाइनलकाे यात्रा तय गरेका छन् ।

युवा संघ नेपाल माई नगर कमिटीको आयोजनामा राष्ट्रिय स्तरको खेलाडी छनौटको उद्देश्य सहित माई–४ को शुक्रबारे खेल मैदानमा सम्पन्न पुरुष फुटवल खेलमा माई–९ ले माई–३ लाई ० का बिरुद्द ४ गोल गर्दै फाइनलमा प्रवेश गरेको छ ।

माई–९ का तर्फबाट दिपेश मगरले २ गोल तथा विमल साउदेन र ज्ञानु नेम्बाङले १–१ गरेका थिए । । खेलको मेन अफ दी म्याच बिजय टीमका दिपेश मगर भएको आयोजक कमिटीका अध्यक्ष कुमार लिम्बुले जानकारी दिए ।

त्यस्तै आजै भएको महिला फुटवल प्रतियोगितामा भने माई–७ ले माई–३ लाई टाईवेकरमा २ का बिरुद्द ३ गोल गर्दै फाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ दी म्याच माई–७ की सबिता लिम्बु भएकी घाेषित भइन् ।

युवाहरुको वौद्धिक तथा शारिरिक विकासका लागि शहिदको संझनामा प्रतियोगिता सञ्चालन गरिएको हो । शुक्रबार हुने अन्तिम सेमीफाईनल खेल पुरुष तर्फ माई–४ र ८ बीच हुने छ भने महिला तर्फ ममाई–१ र ८ बीच हुने आयोजकले जनाएको छ ।

४६ औं सुखानी शहिद स्मृति दिवशका अवसरमा शहिदहरुकाे संझनामा फागुन–२१ बाट शुरु भएको वडा स्तरीय प्रतियोगिताको फाइनल खेल फागुन–२९ गते हुने जनाइएको छ ।

समापन कार्यक्रममा संबिधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपनेता सुबासचन्द्र नेम्बाङ्गको प्रमुख आथित्यतामा सम्पन्न हुने आयाेजकले जनाएकाे छ । फाइनलमा बिभिन्न जात जातिका सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिने छ ।

प्रतियोगितामा बिजेता,  उपबिजेता टीमलाई पुरस्कार सहित बिभिन्न विदामा सम्मान तथा पुरस्कार प्रदान गरिने छ । पुरुष फुटवल प्रतियोगिताको बिजेता टीमले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टीमले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

त्यस्तै महिला बिजेता टीमले नगद २५ हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टीमले नगद १५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक कमिटीका अध्यक्ष लिम्बुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार