कताहो जेली काताहो गाठि
राजनितिक गिद्दिको रेसाहरु
यो अकरे पहाड चड्नु गाह्रो छ
लुलो पाउ कच्चा दिमाग र कम्जोर आत्मालाई
उछाल काताबाट काता बटारिन्छ
कहिले कही त यो हुन्डरिको बेग देखी पनि उदेक लाग्छ
कोहिलाई पछुतो कोहिलाई अछुतो
वैधता र अपनत्व न भए पछी
न तालु समाएर घोप्टिनु न त आकाश हेर्नु
मौरिको राना छुटिएर दुई घार भएपछि
छिट्पुट अलम्लिएर भित्तामा टासिएर तालु जोतिरहेछ
तोरी फूल्ने फाटहोईन राजनिती मैदान जहाँ सधै रसपाउने
कहिले तातीनछ सदन कहिले सड्क
कहिले न्यायलय कहिले मष्तिस्क
बिछ्ट्टै रमाईलो लाग्छ होला यो घोप्टो आकाशलाई
झेल हुन्छ खेल हुन्छ
राजनिती हो दुरदर्शिता र नैतिकत्ता नभए फेल हुन्छ
ती हिमाल कती इमान्दारी छ आखाँ अगाडि
पहाडहरु कती अडिक छ छेउछाउमा
रा- रातो रगत
ज- जलन आत्मा
नि- नितान्त अडिक
ति- तिक्खर आखाँ
स- सजिलो छैन
क- कर्कस सहेर
स- सपार्नु दुनिया
हाल दक्षिण काेरिया