माई।प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको शनिबार हुने फाईनल खेलमा पुरुष तर्फ माई-४ र ९ तथा महिला तर्फ माई-१ र ७ बीच राेचक फाइनल खेल हुने भएको छ ।
शुक्रबार सम्पन्न दोस्रो सेमी फाईनल खेलबाट माई–४ र ७ बिजयी भए सँगै फाइनल खेलको टीम निश्चित भएको हो ।
युवा संघ नेपाल माई नगर कमिटीको आयोजनामा राष्ट्रिय स्तरको खेलाडी छनौटको उद्देश्य सहित माई–४ को शुक्रबारे खेल मैदानमा शुक्रबार सम्पन्न पुरुष फुटवल खेलमा माई–४ ले माई–८ लाई १ का बिरुद्द २ गोल गर्दै फाईनलमा प्रवेश गरेको हो। माई–४ का तर्फबाट बिशाल खबासले २ गोल गरेका थिए ।
त्यस्तै शुक्रबारनै भएको महिला फुटवल प्रतियोगितामा भने माई–१ ले माई–८ लाई ० का बिरुद्द १ गोल गर्दै फाइनलमा प्रवेश गरेको हाे । खेलको उत्कृष्ट खेलाडी माई–१ कि निशा राई भएकी थिइन् ।
युवाहरुको वौद्धिक तथा शारिरिक विकासका लागि शहिदको संझनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।
४६ औ सुखानी शहिद स्मृति दिवशका अबसरमा फागुन–२१ बाट प्रतियाेगिता शुरु भएको हाे ।
संबिधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपनेता सुबासचन्द्र नेम्बाङ्गको प्रमुख आथित्यतामा पुरस्कार वितरण कार्यक्रम रहने छ । साथै बिभिन्न जात जातिका सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिने छ ।
पुरुष तर्फका बिजेता टीमले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टीमले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ।
त्यस्तै महिला तर्फकाे बिजेता टीमले नगद २५ हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टीमले नगद १५ हजार ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजक कमिटीका अध्यक्ष लिम्बुले जानकारी दिए ।