संसदले सिन्को भाँचेनः नेम्बाङ


इलाम।नेकपा संसदीय दलको नेता तथा संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले सांसदले सिन्को नभाचेको बताएका छन् ।
माई नगरपालिकास्थित दानाबारीमा सञ्चालन भएको शहिद सुखानी स्मृति फुटबल प्रतियोगिताको फाइनल खेलको उद्घाटन गर्न इलाम आउएका नेता नेम्बाङले अदालतले संसद पुनःस्थापना गरेपनि पुर्नस्थापित संसदको पहिलो दिन विधेयक पेश हुन नसकेको प्रति लक्षित गर्दैे संसदले काम गर्न नसकेको बताएका हुन् ।
हिजो पनि सरकार र संसदले काम गर्न नसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको उनले बताए । ‘अदालतले संसद ब्यूँताएर समस्या मात्र बल्झाएको छ ।’ नेम्बाङले भने, ‘वर्तमान अवस्थामा वर्तमान संसदले समाधान भन्दा पनि समस्या मात्र खडा गर्छ तर हामी अदालतलाई सम्मान गछौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले मात्र समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा गर्ने उनले बताए । अहिलेको राजनीतिक समस्यालाई सहज रुपमा व्यवस्थापन गर्ने पनि उनले बताए ।
इलामको विकास आफ्नो पहिलो एजेण्डा भएको पनि उनले बताए । इलामको विकासका लागि बजेट विनियोजन गर्ने कुरालाई समेत प्राथमिकता दिने काम गरिरहेको नेता नेम्बाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार