लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

  आवाज संवाददाता

झापा।झापाको मेचीनगर नगरपालिका(६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ईटहरी उप(महानगरपालिका(४ का २३ बर्षीय आशिष चौधरी र बराहक्षेत्र घर भई ईटहरी(७ बस्ने २४ बर्षीय लोक नाथ भण्डारीलाई आज दिउँसो साँढे १२ बजे नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ४० ग्राम ब्राउनसगुर बरामद गरेको छ भने दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार