इलाममा आजबाट अन्तराष्ट्रिय भलिवल प्रतियोगिता हुने

  आवाज संवाददाता

प्रतियाेगिताकाे जानकारी दिँदै आयाेजक

इलाम।जिल्ला भलिबल संघ इलामको आयोजनामा अन्तराष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता आजबाट हुँदैछ ।

आजको उद्घाटन खेल नेपाल आर्मी र दिल्लीका खेलाडी सम्मिलित बिमान ट्रेडर्स विर्तामोड बीच हुँदैछ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको सहभागितामा खुला भलिवल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सात टिमले सहभागिता जनाउने जिल्ला भलिवल संघ इलामले जानकारी दिएको छ ।

प्रतियोगितामा नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मि क्लव, गण्डकी प्रदेश, विमान ट्रेडर्स विर्तामोड र दमक नगर भलिवल क्लवको सहभागीता रहने जिल्ला भलिवल संघका अध्यक्ष डाकप्रसाद गौतमले जानकारी दिए ।

प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख एक हजार र दोस्रो पुरस्कार एक लाख एक हजार रुपैँया साथै ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । बाँकी अन्य विभिन्न सात विधामा भने ४५ हजार रुपैँया बराबरको पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । खेल सदरमुकामको ठुलो टुडिखेलामा हुने आयोजकले बताएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार