इलाम आमन्त्रण खुल्ला पुरुष भलिवल प्रतियोगिताकाे पहिलाे दिन, आर्मि, एपिएफ र गण्डकी प्रदेश विजयी

  आवाज संवाददाता

गण्डकी प्रदेश र गाैरदह झापा बीचकाे खेल

इलाम। बुधबार शुरु भएकाे दोस्रो इलाम आमन्त्रण खुल्ला पुरुष भलिवल प्रतियोगितामा त्रिभुवन आर्मिक्लव, ससस्त्र प्रहरी बल र गण्डकी प्रदेश विजयी भएका छन ।

इलामको ठूलो टुडिँखेलमा बुधबार सम्पन्न तीन खेलमा गितामा त्रिभुवन आर्मिक्लव, ससस्त्र प्रहरी बल र गण्डकी प्रदेश विजयी भएका हुन ।

बुधबार सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मि क्लवले विमान ट्रेडर्स विर्तामोडलाई २५–१७, १८–२५, २५–१८, २१–२५ र १५ – ८ ले पराजित गरेको हो । खेलको म्यानअफद म्याच त्रिभूवन आर्मिका मान वहादुर श्रेष्ठ घोषित भए ।

त्यस्तै दोस्रो खेलमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लवलाई पराजित गरेको छ । सशस्त्र प्रहरी बलले २६–२४,२५–२२, १८–२५, १६–२५ र १५ –१० ले नेपाल पुलिसलाई हराएको हो । दोस्रो खेलको श्म्यानअपलद म्याच शसस्त्र प्रहरी बलका लेकेन्द्र गिरी भएका छन । त्यस्तै तेस्रो खेलमा गण्डकी प्रदेशले सोझो सेटमा गौरादह नगर खेलकुद विकास समितिलाई पराजित गरेको छ ।

गण्डकी प्रदेशले २६–२४, २५–२१ र २५–२१ ले सोझे सेटमै पराजित गरेको हो । तेस्रो खेलको म्यान अफद म्याच गण्डकी प्रदेशका घनश्याम चौधरी भएका छन ।
जिल्ला भलिबल संघ इलामको आयोजनामा भएको भलिबल प्रतियो सात टिमले सहभागिता जनाएका छन । प्रतियोगितामा नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मि क्लव, गण्डकी प्रदेश, विमान ट्रेडर्स विर्तामोड र दमक नगर भलिवल क्लवको सहभागीता रहने जिल्ला भलिवल संघका अध्यक्ष डाक प्रसाद गौतमले जानकारी दिए ।

प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख एक हजार र दोस्रो पुरस्कार एक लाख एक हजार रुपैँया साथै ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । बाँकी अन्य विभिन्न सात विधामा भने ४५ हजार रुपैँया बराबरको पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार