एमाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल, संसदीय बोर्ड गठन

  आवाज संवाददाता

। इलाम।बालुवाटारमा सम्पन्न नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए ।

सांसद बस्नेतले  कुराकानीमा भने, ‘बालुवाटारमा सम्पन्न एमाले संसदीय दलको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र अटेर गर्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ । पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न सांसदहरुलाई सचेत गराउने निर्णय भएको छ ।’

सांसद बस्नेतले एमाले संसदीय दलको बोर्ड गठन भएको पनि बताएका छन् । बोर्डमा २७ जना सदस्य रहने पनि उनले बताए । त्यस्तै एमाले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गर्ने भएको छ ।

बिहीबारको बैठकमा झलनाथ खनाल–माधवकुमार नेपाल समूहका केही सांसद पनि सहभागी भएको बताइएको छ । खनाल–नेपाल समूहले भने बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ । कान्तिपुरमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार