इलाम। दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला भलिवल प्रतियोगिताकाे दाेस्राे दिन विहीबार विभागीय त्रिभुवन आर्मी, नेपाल एपिएफ क्लव र विमान ट्रेडस विजयी बनेका छन ।
इलामको ठूलो टुडिखेलमा भएको दोस्रो दिनको पहिलो खेलमा आर्मीले गौरादह नगर खेलकुद बिकास समितिलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले लगातार दोस्रो जित हात पारेको हो । आर्मीले गौरादहलाई २५–२०, २२–२५, २३–२५, २५–१४ र १५–८ ले हराउँदै विजयी सुरुवात गरेको हो । पहिलो सेटमा विजयी भएको आर्मीले दोस्रो र तेस्रो सेटमा भने लगातार पराजित भएको थियो । तर चौथो र पाँचौं सेटमा उत्कृष्ट प्रर्दशन गर्दै जित निकालेको हो । चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै आर्मीले २५–१४ को सोझो सेटमा जित निकालेको थियो ।
निर्णायक पाँचौं सेटमा आर्मीले १५–८ हराउँदै लगातार दोस्रो सेटमा जित निकालेको हो । पहिलो खेलमा आर्मीले विमान ट्रेडर्स विर्तामोडलाई ३–२ को सेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
साविक विजेता गण्डकी प्रदेश साविकको उपविजेता विमान ट्रेडर्स विर्तामोडसँग ३–० को सोझो सेटमा पराजित भएको छ । विमानले गण्डकीलाई २५–२०, २५–२३ र २५–२३ को सोझो सेटमा पराजित गरेको हो । विमानले गण्डकीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
बिहिबारै भएको दोस्रो खेलमा दमक नगर भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले दमकलाई २५–२१, २२–२५, २५–११ र २५–१९ पराजित गरेको हो । एपिएफले पहिलो सेट २५–२१ ले जितेपनि दोस्रो सेट २२–२५ ले गुमाएको थियो । तर तेस्रो सेटमा खेललाई उत्कृष्ट गर्दै एपिएफले २५–११ को सहज जित निकालेको थियाो । चौथो सेटमा सुरुवाती ११–११ को बराबरी अवस्थबाट एपिएफले उत्कृष्ट प्रर्दशनका साथ २५–१९ ले हराएको हो । एपिएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो ।
त्यस्तै दोस्रो दिनको तेस्रो खेलमा साविक विजेता गण्डकी प्रदेश साविकको उपविजेता विमान ट्रेडर्स विर्तामोडसँग ३–० को सोझो सेटमा पराजित भएको छ । विमानले गण्डकीलाई २५–२०, २५–२३ र २५–२३ को सोझो सेटमा पराजित गरेको हो । विमानले गण्डकीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
पहिलो खेलमा विमानट्रेडर्स आर्मीसँग ३–२ को सेटमा पराजित भएको थियो । गण्डकीले गौरादह नगर खेलकुद विकास समितिलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । चैत्र ४ देखि ८ सम्म हुने प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले दुई लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले एक लाख एकहजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।