आर्मी र पुलिस – एपिएफ र बिमान ट्रेडर्स सेमिफाइनलमा

इलाम।साविक विजेता गण्डकी प्रदेशलाई हराउँदै विभागीय त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबारको दोस्रो खेलमा आर्मीले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलको स्थान पक्का गरेको हो ।
आर्मीले गण्डकीलाई २५–१५, २५–१८, २१–२५ र २५–१९ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले सुरुवाती दुबै सेटमा सहज जीत निकालेको थियो । तर तेस्रो सेटमा गण्डकीले उत्कृष्ट प्रर्दशनका साथ २५–२१ ले हराएको थियो ।

चौथो सेटमा गण्डकी २५–१९ ले पराजित हुन पुग्यो । आर्मी समूह ‘ए’ बाट विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । आर्मी ३ खेलमा ३ मा जीतसहित ७ अंकका साथ सेटको आधारमा शीर्ष स्थानमा रह्यो ।

शुक्रबारै भएको दोस्रो खेलमा गौरादह नगर खेलकुद विकास समितिले विमान ट्रेडर्स विमार्तामोडलाई वाक ओभर दिएसँगै सेमिफाइनलको समिकरण पूरा भएको छ ।

योसँगै विमान ट्रेडर्स विर्तामोड समूह ‘ए’ को उप विजेता बनेको छ । विमान ३ खेलमा २ मा जित र १ मा हार सहित ७ अंकका दोस्रो स्थानमा रह्यो । ३ खेलमा नै विजयी भएको आर्मी समान ७ अंक जोडेर शीर्षस्थानमा रह्यो गण्डकी ३ अंकका साथ तेस्रो स्थानमा रहदै बाहिरियो ।
गौरादह १ अंकका साथ बाहिरिएको छ । समूह ‘बी’ मा एपिएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो । पुलिस ४ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उप विजेता बन्यो भने दमक अंक विहिन हुन पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार