आयोजकलाई हराउँदै फुङवा युवा क्लबले विजयी यात्रा शुरु गर्यो

प्रदेश राज्यमन्त्री राम राना रेफ्री राजु थापालाई बल हस्तान्तरण गरेर खेलकाे उद्घाटन गर्दै ।

इलाम।इलाम नगरपालिका वडा नं. १ स्थित नेपालटारमा शुक्रबार शुरु भएको साखेजुङ गोल्डकपको उद्घाटन खेलमा आयोजक साँखेजुङ्ग फुटबल क्लबलाई हराउँदै फुङवा युवा क्लबले विजयी यात्रा शुरु गरेको हो ।

 फुङवा युवा क्लबले १–० गाेल अन्तरले आयाेजक साँखेजुङ्ग फुटबल क्लबलाई हराएको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको अन्त्या फुङवा क्लबका दिपेश बर्देवाले निर्णायक गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच पनि उनै दिपेश बर्देवा घोषित भएका थिए ।

साँखेजुङ्ग फुटबल क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको उद्घाटन कृषि भूमी तथा सहकारी राज्य मन्त्री राम रानाले उद्घाटन गरेका थिए ।

खेल उद्घाटन गर्दै राज्यमन्त्री रानाले आर्थिक विकाससँगै खेलकुदको विकास पनि सँगसँगै हुनुपर्ने बताए । खेलुकुदलाई मुलुकको पहिचान र गौरवको विषय बनाउनु पर्ने कुरामा पनि राज्यमन्त्री रानाले जोड दिए ।

प्रतियोगिताको शनिबारको खेल हेलिबोध फुटबल क्लब इलाम नगरपालिका–५ बिब्ल्याँटे र आरवाइसी देउमाई नगरपालिका बीच हुने आयोजक समितिका सचिव रमेशकुमार राईले जानकारी दिए ।

आठ टीम सहभागी प्रतियोगिताका विजेतालाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेता टीमलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार दिइने पनि सचिव राईले जानकारी दिए । प्रतियोगिताका विजेता टीमलाई प्रदान गरिने पुरस्कारको प्रायोजन रमेश चाम्लिङ राई, बुद्ध मगर, दिलिप लुहुन राई, पर्शुराम विष्ट, आशिष साम्पाङ राई र बिरेन गुरुङ्गले गरेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार