अन्तुमा अपाङ्गता रोकथाम सम्बन्धी जिल्ला स्तरीय समिक्षा

माई।अपाङ्गत रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको जिल्ला स्तरीय समिक्षा तथा रणनैतिक बैठक शुक्रबार इलामको श्रीअन्तुमा सम्पन्न भएको छ ।

जिल्ला समन्बय समिति इलामका प्रमुख गणेशप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बिगत पाँच बर्षदेखि इलाम जिल्लामा सञ्चालन रहेको हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रमको बारेमा सरोकारवालाहरु बीच समिक्षा भएको हो ।

करुणा फाउण्डेसन नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा इलामका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, दश वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, प्रहरी प्रमुख लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा आयोजक संस्थाका कार्यकारी निर्देशक दिपकराज सापकोटा, सह निर्देशक योगेन्द्र गिरी, जिल्ला ब्यबस्थापक अजीत योञ्जन लगायतले कार्यक्रमको प्रभाव र प्रगतीका बारेमा जानकारी दिएका थिए ।

सुर्योदयन गरपालिकाका मेयर रणबहादुर राईले स्वागत गरेकाे कार्यक्रममा इलाम नगरपालिकाका मेयर महेश बस्नेत, माईका मेयर दिपककुमार थेबे, उपमेयर बिष्णुमाया आचार्य, रोङ गाँउपालिकाका अध्यक्ष शमशेर राई, सन्दकपुर गाँउपालिकाका उपाध्यक्ष शोभा पराजुली, फाकफोकथुमका अध्यक्ष राम कुमार श्रेष्ठ, इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवकुमार खड्का लगायतले कार्यक्रमको प्रभावकारिता र आगामी रणनीतिका बारेमा बिचार राखेका थिए ।

स्थानीय सरकार, प्रदेश सरकार र करुणा फाउण्डेसन नेपालको साझेदारीमा हाल इलाम जिल्लामा चार हजार तीन सय अपाङ्गता भएका ब्याक्तिको लागि उत्प्रेरणा कार्यक्रम, मातृशिशु कार्यक्रम, मोवाएल म्यासेजिङ्ग कार्यक्रम, संस्था सवलीकरण कार्यक्रम लगायत कृयाकलाप सञ्चालन भईरहेको बरिष्ठ कार्यक्रम अधिकृत प्रदिप अधिकारीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार