इलाम।विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र झापाको विमान ट्रेडर्स दोस्रो इलाम आमन्त्रित खुला लिग कम नकआउट पुरुष भलिबलको उपाधिका लागि भिड्ने भएका छन् । आर्मीले अर्को विभागीय टिम पुलिस क्लब र विमानले विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराएर फाइनल भेट पक्का गरेका हुन् ।
शनिबारको पहिलो सेमिमा आर्मीले पुलिसलाई २५र२२, २५र२२ र २५र२० को सेटमा हरायो । पुलिसले पहिलो सेटमा २५÷१९ को जित हासिल गरेपनि पर्याप्त भएन । राष्ट्रियरअन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुलिसकेका मानबहादुर श्रेष्ठ, हरि अधिकारी, धनबहादुर भट्ट, हरिहजुर थापा र राजेन्द्र विष्टलगायतका खेलाडीले आर्मीको तर्फबाट सानदार प्रदर्शन गरे । टिम कप्तान इम रानामगर, कुलबहादुर थापा, विशाल विक र दीपकराज जोशीलगायत अनुभवी खेलाडीलाई पुलिसले मैदान उतारेको थियो ।
भारतको राष्ट्रिय टिमका खेलाडीहरू प्रिन्स, सुगमलगायत राष्ट्रियरअन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव गरिसकेका अधिकतर खेलाडी रहेको विमानले एफिएफलाई सोझो सेटमा पराजित ग¥यो । विमानले २७र२५, २५र२० र २५र२२ को सेटमा एफिएफलाई पाखा लगायो । राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका खेलाडी एकराज अवस्थी, विनोद चन्द र विजय थापालगायतका खेलाडीले एफिएफको तर्फबाट विमानको सामना गरे । एफिएफकै हेमन्त मल्ल शनिबारको म्यान अफ् दि म्याच घोषित भए ।
आइतबार आर्मी र विमानबीच बिहान १० बजे फाइलन खेल हुनेछ । ४ गते सुरु प्रतियोगितामा ७ टिम सहभागी छन् । खेल तालिकाको समूह ‘क’मा आर्मी, विमान, गौरादह र गण्डकी छन् भने समूह ‘ख’मा एपिएफ, पुलिस र दमक नगर भलिबल क्लब छन् । विजेताले नगद २ लाख, उपविजेताले नगद १ लाख १ हजार र तेस्रो हुने टिमले नगद ५१ हजार रुपैयाँ पाउनेछन् ।