चुलाचुली र माईका किसानलाई कृषि औजार बितरण

  आवाज संवाददाता

माई।प्रदेश नम्बर १ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले कृर्षि औजार सामग्री बितरण गरेका छन् ।

राज्यमन्त्री रानाले जनचेतना कृर्षि सहकारी संस्था चुलाचुलीका सदस्यहरुलाई शनिबार एक कार्यक्रमका बीच सामग्री बितरण गरेका हुन्। कृषि ब्यवसाय अर्थतन्त्रको मुलआधार भएकाले उन्नत जातका बीउ प्रयोग गर्न र उत्पादन भएका वस्तु सुरक्षित भण्डारण गर्न कृषकहरुलाई राज्यमन्त्री रानाले आग्रह गरे ।

शनिबारनै राज्यमन्त्री रानाले कृषि ज्ञान केन्द्र इलामको लागत साझेदारीमा माई–४ डाँडागाँउमा बिउ बिजन भण्डारण गृहको भवन उद्घाटन गरेका छन् । समय र बजारीकरणको अबस्था हेरेर कृर्षि उत्पादन गर्न कृषकहरुलाई आग्रह गर्दै वहाँले किसानहरुको मागका आधारमा आधुनिक कृषि प्रणाली र यन्त्रीकरणमा सहयोग गर्न सरकार तयार रहेको उनले बताए ।

इलामको चुलाचुली गाँउपालिका वडा नम्बर–१ कमलमा शनिबारनै उन्नत धान उत्पादन ब्लक समिति र मकै सघन बाली विकास समितिको संयुक्त आयोजनामा भएको कार्यक्रममा धान संकलन गृह उद्घाटन तथा कृषि औजार बितरण गरिएको थियो ।

स्थानीय समाजसेबी गणेश फागोलेले आफ्नी धर्मपत्नी बुद्धमाया फागोको स्मृतिमा प्रदान गरेको एक कठ्ठा जमिनमा धान संकलन गृह निर्माण गरिएको हो । कार्यक्रममा समाजसेवी फागोलाई मन्त्री रानाले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

कार्यक्रममा धान उत्पादन ब्लक कार्यक्रम अन्र्तगत कृर्षि ज्ञान केन्द्र र धान उत्पादन ब्लकको ५०–५० प्रतिशत साझेदारीमा १३ लाखको धान संकलन गृहको भवन सहित २७ लाख मुल्य बराबरको कृषि औजार बितरण गरिएको छ ।

संस्थाका सदस्यहरुलाई धान कुटने मेसिन–१ थान, डिजिटल काटा–२ थान, स्प्रे ट्याङ्गकी–५०, सिडबीन–१०० थान, ट्रली–२० थान राज्यमन्त्री रानाले प्रदान गरेका छन् ।

त्यस्तै मकै सघन बाली विकास कार्यक्रम अन्र्तगत कृषि ज्ञान केन्द्र र मकै सघन बाली विकास ब्लक अन्र्तगत ७५–२५ प्रतिशत लागत साझेदारीमा १० लाख मुल्य बराबरको कृर्षि औजार बितरण गरिएको छ । बितरित सामग्रीहरुमा सिचाई बोरिङ्ग–१८ सेट, त्रिपाल–१० थान, स्प्रे ट्याङ्गकी–५० थान, गोठेमलस्प्रे ट्याङ्गकी–१० ट्याक्टर, एक पाङग्रे ट्रली–२४ थान, च्यापकटरट्रली–११ थान र युरियाट्रली–३५ बोरा रहेका छन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य काजीमान कागते, धिरेन्द्र शर्मा रमण, इलाम जिल्ला समन्वय समिति प्रमुख गणेश प्रसाद बराल, माईका मेयर दिपक कुमार थेबे, चुलाचुलीका अध्यक्ष प्रदिपचन्द्र राई, कृषि ज्ञान केन्द्र इलामका निमिक्त प्रमुख टोनी बर्देवा, जग्गादाता गणेश फागो लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

शनिबारनै सोही समुहले जिल्ला बन कार्यालय इलामको आयोजनामा सञ्चालन भएको बन डढेलो ब्यबस्थापन जन सप्ताहा कार्यक्रम र माई–४ को कृषि सिंचाई आयोजना स्थलगत अनुगमन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार