श्रीमती, छोरी र छिमेकी किशोरलाई खुकुरी प्रहार गर्ने देउराम झुण्डिएको अवस्थामा फेला परे

  आवाज संवाददाता


इलाम।इलाम नगरपालिका वडा नं. ३ पुवामझुवाका एक पुरुषले श्रीमती, छोरी र छिमेकी किशोरलाई मरणाशन्न हुने गरी खुकुरी प्रहार गरी झुण्डिएर आत्महत्या गरेका छन् ।
पुवामझुवाका ५२ वर्षीय देउराम राईले शनिबार ४ बजेतिर ४४ वर्षीया श्रमिती कमला राई, १२ वर्षीया छोरी प्रनिषा राई र छिमेकी १५ वर्षीय अनुप राईलाई अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । टाउँको, हात, जीउमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारपछि घरबाट अन्दाजी दुई सय मिटर तल देउराम झुण्डिएको अवस्थामा फेला परेका थिए ।
घाइतेहरुको उपचार हाल विर्तामोडस्थित बिएण्डसीमा उपचार भइरहेको वडाध्यक्ष तीर्थ गुरुङ्गले जानकारी दिए । श्रीमती कमला राईको अवस्था गम्भीर रहेको पनि अध्यक्ष गुरुङ्गले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार