चालीस वर्षपछि घर फर्किँदै गरेको छोराको बाटो हेर्दै धनमाया

कुनै कानुनी सुनुवाई नगरी ४० वर्ष भारतीय जेलमा थुनिएर शनिबार जेलमुक्त भएका छोरा दिपक तिम्सिनाको आउने बाटो हेर्दै ८५ वर्षिया आमा धनमाया घरको आँगनमा बसिरहेकी छन् ।  इलामको माई नपा वडा नम्बर १० लुम्बाकस्थित  घरमा स्थानीइ सञ्चारकर्मी पुगेपछि उनीहरुको माझमा धनमाया प्रशन्न भएर छोराको स्वागतमा बसेकी छन् । दिपक आज आउँदैछन् ।

चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुगेका  हुन्। कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम कारागारले रिहा गरिदिएको थियो ।

उनी काँकडभिट्टामा आज बिहान ९ः१५ बजे आइपुगेका हुन् । कोलकाताबाट हिजो स्थलमार्ग हुँदै कार चढेर काँकडभिट्टा आउँदा विश्व सेवा विस्तार नामक उद्धार संस्था, सञ्चारकर्मी र आफन्तहरुले उनलाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए । काँकडभिट्टामा आजै आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो देश आउन पाएकामा खुशी व्यक्त गर्दै आफु निर्दोष अवस्थामा जेलमा यातनापूर्वक थुनिएको बताए। उनले आफ्नी आमालाई भेट्न आतुर भएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार