भलिवलको उपाधि आर्मीलाई

इलाममा सम्पन्न दोस्रो आमन्त्रण खुला पुरुष भलिवल प्रतियोगिताको उपाधि विभागिय टीम त्रिभुवन आर्मीले चुमेको छ । आइतबार सम्पन्न सनसनीपूर्ण फाइनल प्रतिष्पर्धामा आर्मीले झापास्थित विर्तामोडको विमान ट्रेडर्सको चुनौती पन्छाउँदै उपाधि चुमेको  हो । सुरुवाती दुई सेट गुमाएको आर्मीले उत्कृष्ठ कम व्याक गर्दै विमान ट्रेडर्सलाई पराजीत गर्यो । आर्मीले जित निकाल्दा १७÷२५, २२÷२५, २५÷१४,२५÷१८ र १५ ÷१२ को नतिजा निकाल्यो । नेपाली राष्टिय टिमका खेलाडीको बाहुल्यता रहेको आर्मीलाई भारतको देल्लीका खेलाडी सम्मिलित विमानले कडा चुनौती पेश गरेको थियो । जितसगै आर्मीले २ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्यो भने विमानले १ लाख १ हजार रुपैयामा चित्त बुझायो । चैत्रम ४ गते सरु भएको प्रतियोगितामा ३ विभागीय सहित ७ टिमको सहभागिता थियो । प्रतियोगिताको आयोजना जिल्ला भलिवल संघले गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार