कलकत्ता उच्च अदालतले भन्यो- दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति मागे दिनू

  आवाज संवाददाता

इलाम।कलकत्ता उच्च अदालतले ४० वर्षपछि भारतीय जेलबाट रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिनु भनेको छ।

इलामका तिम्सिनाको मुद्दामाथि फैसला गर्दै सोमबार कलकत्ताको उच्च अदालतले उनका परिवारले मागे कानुनअनुसार क्षतिपूर्ति दिन भनेको दुर्गाप्रसादको मुद्दा लडिरहेका वकिल हिरक सिन्हाले सेतोपाटीलाई जानकारी दिए।

सिन्हाका अनुसार अदालतले दुर्गाप्रसाद जेल बसेको घटना ुबिरलै हुने मध्येकोु भएको पनि भनेको छ।

‘कानुन अनुसार क्षतिपूर्ति दिनू भनिएको छ। क्षतिपूर्ति कति हुन्छ अहिले भन्न सकिन्नँ,’ सिन्हाले सेतोपाटीसँग भने।

यस्तै अदालतले पश्चिम बंगाल राज्यभरिका विभिन्न जेलमा रहेका मानसिक रोगीको अवस्थाबारे दुई दिनभित्र अदालतलाई जानकारी गराउन निर्देशनसमेत दिएको छ।

अदालती प्रक्रियाबिना ४० वर्षदेखि भारतको पश्चिम बंगालका विभिन्न जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार रिहा भएका हुन्।

कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि शनिबार बिहान दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासको रोहबरमा परिवारको जिम्मा लगाएको थियो।

उनी आइतबार इलामस्थित आफ्नो घर पुगिसकेका छन्। सेताेपाटीले समाचार लेखेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार