इलाम । चिया खेतीमा मल र मलको समस्या आउने गरेको किसानले गुनासो गरेका छन् ।प्रत्येक बर्ष यिनै समस्याले उत्पादन घट्ने गरेको र आम्दानी कम हुने गरेको बताएका हुन् । अर्गानिक कृषक तथा अन्य चिया उत्पादक कृषकको भेलामा किसानले यस्तो बताएका हुन् ।
भेलाले हिमालयन सांग्रिलामा आवद्घ ७२ जना कृषकलाई पुरस्कृत स्वरुप मायाको चिनो प्रदान गरिएको उद्योगका कर्मचारी हरि कटुवालले जानकारी दिए ।
कार्यक्रममा कृषकले अर्गानिक खेतीका कठिनाई, अर्गानिक मलको अभाव, हरियोपत्तीको मूल्यमा अन्तरका कारण चिया उत्पादनमा समस्या भएको धारण राखेको कटुवालको भनाई छ ।
हिमालयन सांग्रिलाका प्रवन्ध निर्देशक राम मैनालीको अध्यक्षता तथा इलाम नगरपालिका एक का वडाध्यक्ष अम्बिका गौतमको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सांग्रिलाका निर्देशक कमल राज मैनाली, नेपालटार माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल कट्टेल, वीवी मेमोरीयल स्कुलका प्रअ राज अर्याल, नेपालटार प्रहरी विटका प्रमुख विनोद थापा मगर, नेपालटार दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष लेखराज कटुवाल, केन्दीय चिया सहकारीका प्रतिनिधि सोम दुलाल, सँखेजुङ स्वास्थ्य चौकीका इन्चार्ज पूजा भट्टराई, उच्च पहाडि चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष थीरबहादुर राउत, चारखोल चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष जीतकुमार राई, इलाम साँखेजुङ चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष देव वहादुर सुवेदी उपस्थिति रहेको छ ।
यस्तै,वाफ्रुङ चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष याद बहादुर खड्का, नव जागरण चिया उत्पादक सहकारीका अध्यक्ष टंक कटुवाल, साना किसान चिया उत्पादन सहकारी संस्थाका अध्यक्ष चहकमान राई, त्रियुगा चिया उत्पादन सहकारी संस्थाका अध्यक्ष जनकुमार राई, साँखेजुङ चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष पर्शुराम घिमिरेको उपस्थिति रहेको थियो । दिनेश रसाइलीले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य उद्योगका कर्मचारी हरि कटुवालले गरेका थिए ।