४० वर्ष भारतीय जेलमा बसेर घर फर्केका दुर्गाले आज नागरिकता लिदैं


इलाम। अदालती प्रक्रया बिना ४० वर्ष भारतीय जेलमा राखिएका दर्गाप्रसाद तिम्सिना गएको शनिबार घर आएसँगै आज (बिहीबार) नागरिकता लिने भएका छन् ।
नागरिकता बनाउनका लागि आज परिवार र सहयोगीसँगै जिल्ला प्रशासन कार्यालय आउने उनका भतिज गोपाल तिम्सिनाले बताए । लुम्बाकस्थित घरबाट सदरमुकाम हिँडिसकेकाे पनि उनले बताए ।
२० वर्षको उमेरमा फुएतप्पाबाट २०३७ सालमा घरबाट निस्केका दुर्गाप्रसाद बेपत्ता भएका थिए । दार्जिलिङ्ग पुगेर चिया कमानमा काम गरिरहेका उनलाई महिला हत्या आरोपमा दार्जिलिङ्ग प्रहरी पक्राउ गरी दार्जिलिङ्ग, सिलगुढी र पछिल्लो समयमा कलकत्ताको दमदम जेलमा राखिएको थियो । कलकत्ताको उच्च अदालतले रिहाई गर्न आदेश दिएसँगै शनिबार माई नगरपालिकास्थित लुम्बाक घरमा आएर ८५ वर्षीया आमा भाइको परिवारसँग बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार