प्रशासन पुगेकाे २० मिनेटमै दुर्गाप्रसादले लिए नागरिकता

इलाम।४० वर्ष भारतीय जेलमा बन्दी जीवन विताएर फर्किएका इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् । उनले जिल्ला प्रशासन कार्याल इलाममा पुगेर नागरिकता लिएका हुन् । प्रशासनले उनी पुगेकाे २० मिनेटमै नागरिकता दिएकाे छ ।

भतिजो गोपाल तिम्सिना, भाई धिरेन्द्र शर्मा रमण सहित जिल्ला प्रशासन कार्यालयमा नागरिकताको लागि पुगेका दुर्गाप्रसादलाई प्रशासकिय अधिकृत देवीचरण फुएँलले ०३–०१–७७ –०३२५१ नागरिकता प्रमाण पत्र नम्बर भएको नागरिकता प्रदान गरे ।

नागरिकता लिन कार्यालय आएका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले तिम्सिनालाई खादा ओडाएर सम्मान गरेका थिए । तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख छ । तिम्सिनाको इलामको एकातप्पा गाविसको दोकानडाडामा २०१७ साल साउन २० गते जन्म भएको हो । नागरिकता पाउँदा आफुँ खुशी भएको उनले प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार