जिन्दगी सतिसालको रुखभन्दा कम छैन
तर फूल्ने अनि फल्ने अनुकुल मौसम छैन
म त कैयौं मान्छे पीडाले छट्पटीएको देख्छु
तर मसँग त्यस्तो ब्यथा लेख्ने कलम छैन
जीवनभर अरुको घर बनाइरहन्छ उ
तर किन उसकै सुरक्षित आश्रम छैन
गरिबले धनीको दासी बनिरहनु पर्ने
किन यहाँ सबैलाई समान नियम छैन
जसोतसो उपचार हुन्छ बाहिरी चोटको
मनभित्रको पीडामा लाउने मल्हम छैन
धाेविधारा, इलाम