चाडपर्वमा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालन गर्न इलाम प्रशासनको आग्रह

इलाम।कोभिड–१९ को संक्रमण पुनः बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालय इलामले भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ ।

प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचनामा भनिएको छ, हालैका दिनहरुमा कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गएकाले त्यसको विस्तार नियन्त्रण गर्न कुनै पनि मेला महोत्सव, होली, नयाँ वर्ष जस्ता चाडपर्वहरु भीडभाड नगर्न र नगराउन अनुरोध छ  । यसरीनै स्वास्थ्यका सम्पूर्ण मापदण्डहरुको पूर्ण रुपमा पालना गर्न गराउन समेत प्रशासनले आग्रह गरेको छ ।

पछिल्लो समय कोभिड–१९ को संक्रमणदर वृद्धि हुँदै गएको छ भने छिमेकी जिल्ला झापामा संक्रमणबाट एक महिलाको मृत्यू भएको छ ।
छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण पुनः बढ्दै गएको छ । गत वर्ष पनि भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण दर ह्वात्तै बढेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार