माईका मेयर दिपकले दिए दुर्गाप्रसादलाई ५० हजार उपचार खर्च

माईका मेयर दिपक थेबे दुर्गाप्रसादका आमा ८५ वर्षीया धनमायालाई श्रवणयन्त्र दिदै ।
माई। भारतीय   जेलमा ४० वर्ष विताएर घर आएका माई नगरपालिका लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाका आमा ८५ बर्षिय धनमाया तिम्सीनालाई घरमै आएर माई नगरपालिकाका मेयर दिपक कुमार थेवेले श्रवण यन्त्र  दिएका छन् ।
श्रवण क्षमता कमजाेर भएकी धनमायाले यन्त्र पाएपछि खुशी हुदैं भनिन् “अव साइलो बोलेको पनि सुन्न पाइने भयो ।”
आमाको श्रवण क्षमता कमजोर छ, छोरा दुर्गाप्रसाद धेरै बोल्न सक्दैनन त्यसैले आमा छोरा बीच दुःख, सुखका कुरा हुन सकेका छैन, भन्ने समचार प्रकाशित भएको थियो ।
बिहिबारनै दुर्गा प्रसादलाई जिल्ला प्रशासन कार्यालय इलामले ६१ बर्षको उमेरमा नेपाली नागरिकता प्रदान गरेको छ ।
माई नगरपालिकाका मेयर  थेबेले हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत श्रवण यन्त्र प्रदान गर्दै माई नगरपालिकाबाट परिबारलाई ५० हजार रुपैया प्रदान गर्ने जानकारी दिए ।
नागरिकता बनाउन र उपचारमा जाँदाको यातायात खर्च पनि नगरलेनै ब्यहोर्ने थेबेले बताए ।
दुर्गा प्रसाद नागरिकता बनाएर घर आएपछि प्रदेश साँसद धिरेन्द्र शर्मा रमण, जिल्ला समन्वय समितिका इलामका प्रमुख गणेश बराल, माईका मेयर दिपक कुमार थेबे, उपमेयर बिष्णुमाया आचार्य, करुणा फाउण्डेसन नेपालका जिल्ला ब्यवस्थापक अजीत योञ्जन, मनोचिकित्सक अर्चना पोख्रेल रिमाल, पत्रकार लगायतले स्वागत गरेका थिए ।
आर्थिक अबस्था कमजोर रहेको तिम्सिना परिवारले बिहिबारनै दुर्गा प्रसाद तिम्सीनाको नाममा एसबिआई बैक इलाम शाखामा खाता नम्बर २१११५२४१७००५३२ समेत खोलेका छन । दुर्गाप्रसादकाे उपचार र न्यायका लागि सहयाेग गर्नेहरुले साे खातामा रकम जम्मा गरेर सहयाेग गर्न सक्ने परिबारले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार