राष्ट्रपति कप ः युवा खेलाडी र आगामी कदम

राष्ट्रपति कप, युवा खेलाडी र देशका गहना
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको नेपाली वृहत् शब्दकोशको पृष्ठ ३०८ अनुसार मन बहलाउन वा व्यायामका निम्ति खेल्ने वा कुद्ने काम नै खेलकुद भनी लेखिएको छ । यसमा सक्रिय तथा निपूर्ण व्यक्ति नै खेलाडी हुन् ।
त्यसैगरी खेल्ने भाव, क्रिया वा प्रक्रिया नै खेल हो । अझ अलिकति खुलेर खेलकुदको व्याख्या गर्नु पर्दा शारीरिक तन्दुरुस्ती, उच्चतम् नतिजा र राष्ट्रिय प्रतिष्ठा आर्जन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय महासंघहरूको नियमभित्र रही खेलिने क्रिया नै खेलकुद हो । खेलबाट सिक्ने महत्वपूर्ण पक्ष अनुशासन हो । संयुक्त राष्ट्रसघका तत्कालीन महासचिव बुत्रोस बुत्रोस घालीले भन्नुभएको थियो । अनुशासन सिक्न मानिसले नियमपूर्वक खेल्नुपर्छ । किनभने खेलकुदभित्र प्रजातान्त्रिक, अनुशासिक र स्पष्ट नियम हुन्छ । जहाँ पक्षपात हुँदैन ।
खेलाडी सक्रिय हुन छाडिसकेपछि पनि अनुशासित आचरण, अंगीकार गरेकै हुन्छन् । खेलाडी सहनशील, धैर्यवान, संकल्पप्रिय, स्वप्नमयी हुन्छन् । विजय र पराजयको कसीमा माझिन्छन् ।
इलाममा खेलकुदको सम्भावना धेरै छ । खेलकुद इतिहासलाई पल्टाएर हेर्ने हो भने यो क्षेत्रलाई उर्वर मानिन्छ । परापूर्वककालदेखि नै मनोरञ्जनात्मक वा प्रतिष्पर्धात्मक रूपमा विभिन्न किसिमका खेलकुद गतिविधि भएको पाइन्छ । इलाम टुडिखेल निर्माणपछि विभिन्न खेलको शुरुवात भएको पाइन्छ । अन्य खेलकुद गतिविधि क्रमशः विभिन्न समयको अन्तरलालबाट फष्टाउँदै गएको पाइन्छ ।
इलाम टुँडिखेल निर्माणमा खेल मैदानको रूप दिन हाम्रा पिता पुर्खाले धेरै पसिना बगाएको चर्चा छ । इलाममा विभिन्न खेलमा े लगाव झुकाव छ । समयसमयमा विभिन्न किसिमका प्रतियोगिता भएको इतिहास पाइन्छ । फुटबल लगायत अन्य खेललाई उत्साह, संस्कृति अनि पर्वको रूपमा अपनाउने इलामेलीले प्रजातन्त्र आगमन पश्चात विभिन्न खेलकुद गतिविधिलाई अगाडि बढाएको पाइन्छ ।
यही चैत १३ देखि १५ गते इलाम टुँडिखेलमा जिल्लास्तरीय राष्ट्रपति कप हुन गइरहेको छ । खेल मैदानमा खेल महोत्सवको रूपमा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराको साथ विभिन्न खेलहरु (उस, कराँते, एथ्लेटिक्स, , भलिबल, कबड्डीे तेक्वान्दो ) जस्ता खेलहरु समावेश गरि विद्यालयस्तरीय प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट छनौट भई राष्ट्रिय प्रतियोगिताको रूपमा राष्ट्रपति कप सम्पन्न हुने छ । जिल्लाका खेलाडीले विभिन्न इभेन्टमा प्रतिष्पर्धा गर्ने छन् र आफूलाई नयाँ तथा सम्भावनायुक्त खेलाडीको रूपमा प्रस्तुत गर्ने पूर्ण तयारीका साथ इलाम टँुडिखेलमा आएका छन् । यही खेलबाट नै देशले विभिन्न खेलमा नयाँ सम्भावना बोकेका खेलाडीको पनि खोज्दैछन् ।
स्थानीय तह, जिल्ला, प्रेदश र राष्ट्रियस्तरको प्रतियोगिताबाट नयाँ प्रतिभाशाली खेलाडी खोज्ने नयाँ अभियान हो । यो खेलबाट देशले नयाँ प्रतिभाशाली खेलाडी जन्माउने छ । यही खेलाडीको भीडबाट नै देशको प्रतिनिधित्व गर्दै प्रदेशस्तरमा, राष्ट्रियस्तर साथै सार्क स्तरमा, एशियन, ओलम्पिक जस्ता अन्तर्राष्ट्रिय स्तरमा आफ्ना प्रतिभा प्रर्दशन गर्नेछ ।
यो अभियानमा सम्पूर्ण विद्यालय, अभिभावक, खेलप्रेमी महानुभावले पूर्ण रूपमा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक छ ।
सम्बन्धित निकायको भूमिका ः–
खेलकुद पनि शिक्षाकै अति महत्वपूर्ण अंग भनेर आम मानिसले बुझ्न सकेका छैनन् । यही सत्यलाई बुझ्न नसकेर नै खेलकुद शिक्षाबाट टाढिएको छ । देशमा कतिपय स्कुलहरूले खेलकुदलाई महत्व नदिए पनि यसको शुल्क लिँदै आएका छन् भने केही विद्यालयहरुले खेलको महत्वलाई बुझेर यसको प्रशिक्षक भर्ना गरेका छन् ।
यो सानो प्रयास मात्र हो । खेलकुदलाई पनि अनिवार्य विषयका रूपमा राखिनुपर्छ । खेल्नु भनेको च्याम्पियन बन्नुमात्र होइन । शरीर स्वस्थ राख्न पनि खेल्नुपर्छ । तसर्थ, शैक्षिक क्षेत्रमा खेलकुदलाई अनिवार्य बिषयका रुपमा समावेश गराउने कार्य गर्नुपर्छ । समाजमा खेलकुद सबैका लागि भन्ने चेतना प्रवाह गर्नुपर्दछ । खेललाई जीवनको अभिन्न आधार मानेमा हामी अनुशासित हुनेछौ । देशको ७७ जिल्लाका स्कुलहरूले पनि सबै खेल क्षेत्रमा एउटा प्रतिभावान खेलाडी जन्माउन विभिन्न प्रतियोगिताको आयोजना गर्न आवश्यक छ ।
त्यही खेल आयोजनाबाट नै नया प्रतिभावान् खेलाडीको जन्म हुनेछ र त्यही खेलाडीले देशको नाम राख्न सफल हुनेछ । एउटा असल र सफल खेलाडी बन्न÷ बनाउन सबै क्षेत्रबाट सकारात्मक सहयोग पुग्ने वातावरण सिर्जना गर्नुपर्दछ । अनि मात्र खेलाडीले पनि सार्क स्तरमा, एशियन, ओलम्पिक जस्ता अन्तर्राष्ट्रिय स्तरमा आफना प्रतिभा प्रर्दशन गर्दै पदक जितेर देशको नाम राख्न सक्नेछन् ।
खेलअघि खेलाडीले धेरै पक्षमा ध्यान दिनुपर्छ । सीप तिखार्ने बाहेक आफ्नो स्टामिना बढाउनु पर्दछ र तन्दुरुस्त रहनेमा पनि चनाखो हुनुपर्छ । यी शारीरिक पक्षबाहेक मानसिक रुपमा पनि खेलाडीले आफूलाई खेलका लागि तयार गर्नुपर्छ । किनभने यसले प्रशिक्षण र खेलमा धेरै फरक पार्छ । कुनै पनि खेल खेल्न अघि हल्का कसरत गर्नुपर्छ, शरीरलाई वामअप गर्न । त्यस्तै खानाको पनि विशेष ध्यान दिनुपर्छ । एथ्लेटिक्समा स्टामिना, वृद्धि निक्कै नै चाहिन्छ । सबैभन्दा महत्वपूर्ण खानाले खेलमा असर पार्नुभएन । खेलअघि आराम पनि चाहिन्छ । कम्तीमा खेलको अघिल्लो दिन राम्ररी निदाउनुपर्छ ।
मानसिक रूपमा तयार खेलाडी खेल्दा त्यति आत्तिदैनन् । उनीहरूले पहिलो नै खेलको लागि योजना बनाएका हुन्छन् र त्यसैअनुरुप खेल्छन् । खेलाडीको तयारीले नै त्चबअप र ँष्भमि मा उसको प्रर्दशन निर्धारण हुन्छ । प्रतियोगिताको महत्व हेरेर त्यस अनुसार तयारी गर्नुपर्छ ।
समय निर्धारण ः–
प्रतियोगिताको महत्व हेरेर त्यसै अनुरुप तयारी गर्नुपर्छ । १ हप्ता, १ महिना, ३ महिना ६ महिना र बर्ष दिन सम्मको तयारी पनि गर्नुपर्ने हुन्छ ।
अन्य खेलाडीको खेल शैली बारे जानकारी लिनु ः–
कुनै पनि खेलप्रतियोगितामा सबै खेलाडी एक अर्काको खेल शैलीबारे अभ्यस्त हुन्छन् । त्यसैले खेलअघि नै उनीहरुले खेल योजना बनाइसकेका हुन्छन् । उनीहरुको खेल शैलीबारे जानकारी लिइसकेपछि सोही अनुसार आफनो रणनीति बनाउनुपर्छ । आफैले बनाएको रणनीतिअनुरुप खेल्ने खेलाडी सफल हुने गर्छन् ।
खेलाडीको उचाइअनुसार उसको खेल्ने शैली फरक हु्न्छ । कुनै पनि खेलमा खेलाडीले आतिनै गर्नुहुँदैन । खेल्दा सधै सकारात्मक सोच लिएर खेल्नुपर्छ । खेलअघि नै हार्छु भनेर डराउनु हुदैन । हारे पनि विपक्षीलाई गतिलो चुनौती दिन्छु भन्नेतिर सोच्नुपर्छ । धेरै कन्फिडेन्ट पनि हुनुहँुदैन ।
खेलाडीको खेलस्तर वृद्धि गर्न मानसिक रूपबाट सक्षम र स्वस्थ हुन आवश्यक छ । खेलाडीमा सिक्ने प्रवल इच्छा, जाँगर, जोसमा क्रमश सुधार हुनुपर्छ ।
प्रशिक्षक
खेलाडीले पूर्णप्रशिक्षण विधि, खुराक, आराम, शारीरिक क्षमता, अभिप्रेरणागत दक्षता, संवेगको सन्तुलन, दिवास्वप्न जस्ता पक्षमाथि अध्ययन हुन्छ । तीमध्ये कुन कारणबाट खेलाडी प्रभावित भएका छन् त्यो पत्ता लगाएपछि त्यसको कारणमाथि विश्लेषण गरिन्छ । अनि खेलाडीसंग परामर्श गरिन्छ । हुनुपर्छ । अनि माथि खेलाडीले आफनो खेल प्रदर्शनमा पूर्ण रुपमा सुधार गर्न सक्छन् ।
निष्कर्ष
देशले विभिन्न खेलहरुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा पदक जितिसकेर देशको नाम राखेका छन् । त्यो नामलाई कायम राख्दै अझ अगाडि बढाउन सम्बन्धित निकायले विशेष चासो राख्दै योजनावद्ध रूपमा खेल क्रियाकलापलाई अगाडि बढाउन साथै देशको क्षेत्र स्तर, जिल्ला स्तरका खेल मैदान यहाँका भौतिक पूर्वाधारको विकासमा जोड दिदै अगाडि बढने बेला भएको छ ।
खेलकुद गतिविधि अगाडि बढाउनु, नियमित प्रशिक्षण, व्यवस्थित र निरन्तर रूपमा हुन नसक्नु अहिलेको समस्या हो । तथापि प्रक्षिक्षकहरुलाई पनि समय अनुसार अहिलेका खेल नियम प्रविधि ज्ञानबारे पुनर्ताजगी गराउनु अति आवश्यक छ । प्रशिक्षकहरूले पनि नियमित रुपमा प्रशिक्षण गराएको छ कि छैन भनेर सम्बन्धित निकायले स्थलगत निरीक्षण र अनुगमन गर्नु पनि अतिआवश्यक देखिएको छ । यी खेलाडीको खेलस्तर वृद्धि गर्न जिल्ला खेलकुद विकास, क्षेत्रीय स्तर साथै राष्ट्रियस्तरमा खेल निकायहरूले एउटा छुट्टै तालिमको व्यवस्था गर्न आवश्यक छ । राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयलाई खेलकुद विकासमा आर्थिक विनियोजन गर्नको लागि दबाब सुजना गर्न पनि आवश्यक छ । साथै स्थानीय रूपबाट पनि यी महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न सकारात्मक सहयोगको वातावरण सृजना गर्नुपर्दछ । गाउँ, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगिताबाट नयाँ प्रतिभाशाली खेलाडीहरू खोज्ने नयाँ अभियान हो । यो खेलबाट नै देशले नयाँ खेलाडी जन्माउछ । यहि खेलाडीले नै राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा (ओलम्पिक) मा आफना् प्रर्दशन देखाउनेछ । देशको नाम उचो राख्न खेलकुदको माध्यमबाट सहयोग पु¥याउनु पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार