नयाँ मन्त्रीले खाए सपथ

प्रदेश १

    इलाम । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ खाएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन् । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् ।

      राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख साेमनाथ अधिकारी प्यासिले शपथ गराएका हुन् ।मन्त्री आङबोहाङ माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् भने उषाकला राई एमालेको माधव नेपाल समूह छोडेर केपी समूहमा लागेकी सांसद हुन् ।सहकारीमन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङलाई मुख्यमन्त्री शेरधन राईले मन्त्रीमा बढुवा गरेका हुन् ।

     थपिएकी राज्यमन्त्री घले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएकी थिइन् भने ओझा माधव समूह त्यागेर ओली समूहमा लागेकी सांसद हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार