महिला उद्यमी संघको इलाम अध्यक्षमा सुशिला सापकोटा निर्वाचित बनेकी छन् । शनिबार इलाम सदरमुकाममा भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट सापकोटाको नेतृत्वमा १६ सदस्य समिति गठन भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा मिलनकुमारी खत्री, उपाध्यक्षत्रय लिला भट्टराई, दिव्या भट्टराई र रोमी पौडेल चयन भएका छन । यस्तै, महासचिव उषा निरौला, सचिव कमला बास्कोटा र कोषाध्यक्षमा तिर्थ रञ्जितकार चयन भएका छन् ।
सदस्यहरुमा अनिता दहाल, सृजना दहाल विष्ट, पदमकुमारी विक , ममता खनाल ,दुर्गा कटुवाल , दिपा गुरुङ्ग , लिला खत्री र समिता लिम्बु चयन भएका छन् ।