सिंहदेवी मन्दिर संरक्षण समितिको साधारण सभा  सम्पन्न

नयाँ कार्यसमिति चयन

  आवाज संवाददाता

इलाम । माइजोगमाई गाउँपालिकाकाे पञ्चकन्या सिंहदेवी मन्दिर संरक्षण समितिको पाँचौ साधारण सभा  सम्पन्न भएको छ ।  साधारण सभाले नवगठित समितिको अध्यक्षमा बिनु मगर, उपाध्यक्षमा शकुन्तला पौडेल, सचिवमा घनश्याम निरौला, सहसचिव तिर्थराज अधिकारी , कोषाध्यक्षमा प्रेमकुमारी पौडेल, गरी जम्मा १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

      कार्यक्रममा माइजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईको प्रमुख आथित्यतामा भएको कार्यक्रम मन्दिर संरक्षण समितिका अध्यक्ष सुवास कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा माइजोगमाई गाउँपालिका वडा नं १ मा रहेका सूर्योदय नगरपालिकाका समाजसेवीह स्थानीय समाजसेवी वुद्दिजीवि मन्दिरको संरक्षक पूर्णकुमारी निरौला, संचारकर्मी लगायतको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य चन्द्रकला काफ्लेले राखेका थिए भने कार्यक्रमको संचालन घनश्याम निरौलाले गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार